ताजा समाचार


पल्पसाले भनिन् – मेरो लागि आर्थिक सहयोग संकलन नगरिदिनुहोला, मलाई मृगौला चाहिएको हो

नेप्लिज संवाददाता ६ श्रावण २०७८, बुधबार ०७:४९ (1 हप्ता अघि)    १६५ जनाले पढ़िसके

काठमाडौं । हाँस्य कलाकार पल्पसा डंगोल अहिले काठमाडौंको शिक्षण अस्पतालमा छिन् । दुबै मृगौला फेल भएपछि उनी अस्पतालमा भर्ना भएकी हुन् ।

उनको मृगौला नै फेर्नु पर्ने डाक्टरले बताएका छन् । पल्पसाको मृगौलाले काम नगरेको भन्ने खबर सार्वजनिक भएपछि उनको उपचारका लागि रकम जुटाउनका लागि आर्थिक अभियान पनि सुरु भएको थियो । तर, पल्पसाले भने आफूलाई पैसा भन्दा पनि किड्नीको नै आवश्यकता परेकोले आर्थिक सहयागको अभियान संचालन नगरिदिन आग्रह गरेकी छिन् ।

सुरुमा उपचारका लागि ५० लाख लाग्छ भन्ने कुरा भएपछि आफूहरु पनि रकम संकलन अभियान सुरु गर्ने कि भन्ने बिषयमा छलफल गरेको तर, डाक्टरले १५ देखि २० लाख रुपैयाँ मात्र लाग्ने बताएपछि रकम संकलन नगर्ने कुरा भएको कलाकार दिपाश्री निरौलाको भनाइ छ । पल्पसाले आफै रकम तिर्न सक्ने भएकोले सकमर संकलनको काम नगर्न आग्रह गरिएको उनले बताइन् ।

दीपाका अनुसार, पल्पसाले यतिबेला रकम सहयोग भन्दा पनि किड्नी चाहिएको बताएकी छिन् । हाड नाता जोडिएकाबाट मात्र किड्नी लिन मिल्ने भएकाले पनि पल्पसाका लागि आफन्तबाट नै किड्नी ट्रान्सप्लान्ट गर्ने बिषयमा छलफल भैरहेको छ ।

५ बर्षदेखि किड्नीको समस्यासँग जुधिरहेकी पल्पसा विगत १ महिनादेखि भने अस्पतालमा भर्ना भएकी छिन् ।


प्रतिक्रिया दिनुहोस