ताजा समाचार


जिल्ला अस्पताल रुकुम पश्चिममा कर्मचारीको जोखिम भत्तामा घोटाला !

नेप्लिज संवाददाता ४ श्रावण २०७८, सोमबार ०८:५० (1 हप्ता अघि)    ५२९ जनाले पढ़िसके

रुकुम । रुकुम पश्चिम जिल्ला अस्पताल सल्लेमा रहेको कोभिड १९ आइसोलेसन आर्डमा कार्यरत कर्मचारीहरु आन्दोलित बनेका छन् ।

संघीय सरकारले महामारीको समयमा अग्रपंक्तिमा रहेर कोभिड १९ रोकथाम, नियन्त्रण र उपचारमा प्रत्यक्ष संलग्न स्वास्थ्यकर्मी तथा कर्मचारीलाई ५० प्रतिशत बराबरको जोखिम भत्ता उपलब्ध गराउने व्यवस्था गरेको छ । तर, रुकुम पश्चिम जिल्ला अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी र कर्मचारीहरुले त्यसवापतको जोखिम भत्ता पाउन सकेका छैनन् ।

अस्पताल प्रशासनले पाउनुपर्ने स्वास्थ्यकर्मीलाई जोखिम भत्ता नदिएर संघीय सरकारले गरेको व्यवस्था विपरित आफन्तवादी शैलीमा राजनैतिक पावर र पहुँचको आधारमा मनोमानी तवरले भत्ता वितरण गरेको उनीहरुको आरोप छ ।

जोखिम भत्तावापतको रकम अनियमित हिसावल वितरण गरेर आफूहरुलाई लगातार २ महिनासम्म २४ सै घण्टा काम गर्दासमेत जोखिम भत्ता नदिएको उनीहरुले बताएका छन् ।

एक विज्ञप्तीमार्फत उनीहरुले पाउनुपर्ने जोखिम भत्ताको आधा रकम अर्थात १८ हजार रुपैयाँ दिइएको तर पहुँचवाला व्यक्तिलाई मनोमानी हिसाबले ७० हजार रुपैयाँदेखि १ लाख रुपैयाँसम्म बाँडेको उनीहरुको भनाइ छ । यस्तै आफूहरुमाथि अत्याचार गरेकोसमेत कोभिड आइसोलेसनमा कार्यरत कर्मचारीहरुले बताएका छन् ।

यसअघि पनि अस्पतालले कुनै सूचना नै प्रकासित ननिकाली नातावाद र राजनीतिक रुपमा स्वीकृत दरबन्दीभन्दा धेरै कर्मचारी भर्ना गरिएको एक कर्मचारीले बताए ।

यस्तै करारमा कर्मचारी भर्ना गर्दा निष्पक्ष तवरले नभई राजनीतिक दबाबका कारण आफन्तहरुलाई मात्र अवसर दिने गरेको र सर्वसाधारण नागरिकका छोराछोरीलाई क्षमता हुँदासमेत अवसरबाट बञ्चित गराउने काम भएको उनीहरुको भनाई छ ।

यो पनि पढ्नुहोस्

मनाङमा दैनिकी चलाउनै समस्या

देशैभर मनसुन शुरु भएको एक महिना भयो । मनसुनसँगै हिमाली जिल्ला मनाङले बाढीपहिराको बढी प्रभाव र क्षति भोगेको छ । डेढ महिनादेखि सडक सञ्जालदेखि मनाङ पूर्णरूपमा विच्छेद छ । जिल्लामात्र नभई मनाङभित्रैका गाउँ पनि एकअर्कासँग आवतजावत हुन सकेको छैन ।

बाढीपहिराका कारण सडक मात्र नभई मनाङमा विद्युत् र खानेपानीको सेवा पनि ठप्प छ । सदरमुकाम चामेमा नै समय समयमा सञ्चार सम्पर्क टुट्ने समस्या छ ।

बाढीपहिराले क्षति गर्दा कतिपय गाउँ अझै पनि विद्युत् र सञ्चार सम्पर्कमा जोडिन सकेका छैनन् । सबै क्षेत्रमा क्षति भोगेको हिमाली जिल्ला मनाङले निकै नै सकस तथा जोखिमपूर्ण अवस्था बेहोर्न बाध्य भएको छ ।

मस्र्याङ्दी नदीमा बाढीको सतह केही कम भएपछि पनि धेरै जोखिम र सकस भोग्दै आएको छ । स्थानीयवासीका अनुसार सडक सञ्जाल विच्छेदले सबैभन्दा बढी सकस बनाएको छ । सडक सञ्जालको नामोनिसान मेटिएपछि जिल्लामा खाद्यान्न, औषधि, इन्धनलगायतका अत्यावश्यक वस्तु पु¥याउन नसक्दा अभाव सिर्जना भएको छ ।

स्थानीयवासीले आवश्यक परेका सामग्री पसलमा गएर किन्न पाएका छैनन् । बिरामी परेमा उपचारका लागि अस्पतालसम्म पुग्न पनि उत्तिकै कठिन छ ।

पैदल हिँडडुल नै असहज बनेको छ । एउटा गाउँबाट अर्को गाउँमा आउजाउ गर्दा रुखको जरा समाएर स्थानीयवासी हिँडडुल गर्न बाध्य भएका छन् । ज्यान जोखिममा राखेर पहरो कोपेर बनाइएका साँघु तरेर यात्रा गरिरहेका छन् ।

“जोखिम र सकसपूर्ण अवस्थामा अहिले हामी गुज्रिरहेका छौँ । सबैभन्दा अप्ठ्यारो अवस्था हामीलाई अहिलेसम्मको पहिलो समस्या होला सायद”, मनाङका पर्यटन व्यवसायी विनोद गुरुङ भन्नुहुन्छ, “सबैतर्फबाट हामीले समस्यै समस्या भोगेका छौँ ।”

गुरुङका अनुसार खाद्यान्न ढुवानी गर्न नपाउँदा बढी समस्या भएको छ । लमजुङको बेँसीशहर हुँदै खाद्यान्न ढुवानी गर्ने अवस्था नरहेपछि मुस्ताङ हुँदै खच्चडबाट आवश्यक खाद्यान्न र दैनिक अत्यावश्यक वस्तु ढुवानी गरेर जीविका चलाउनुपरेको उनी बताउँछन् ।

मुस्ताङ हुँदै ढुवानी गर्दा अन्नपूर्ण फेरो पदमार्गको सबैभन्दा उच्च विन्दु थोराङ्ला भञ्ज्याङ (पाँच हजार ४१६ मिटर) पार गर्नुपर्छ । माथिल्लो मनाङवासीले अहिले थोराङ्ला भञ्ज्याङ हुँदै खाद्यान्न र आवश्यक वस्तु ढुवानी गरिरहेको गुरुङले बताए ।

“पिसाङमा दुई र खाङ्सारमा एक ट्रिप सामान थोराङ्ला हुँदै ढुवानी भयो, अब मनाङवासी पनि केही दिनमा सामान ल्याउने तयारीमा छन्”, उनले भने ।

यो रुटमार्फत खच्चडबाट गरिएको ढुवानी निकै नै महँगो पर्छ । थोराङ्ला फेदी ९मुस्ताङतर्फ०बाट मनाङसम्म खच्चडबाट सामान ढुवानी गर्दा प्रतिकिलो रु ४० खर्च लाग्ने उनले बताए ।

थोराङ्ला भञ्ज्याङको मुस्ताङको फेँदीसम्म गाडी पुग्छ । मुक्तिनाथबाट डेढ दिनमा सामान मनाङ आइपुग्ने उनले बताए ।

दाताको सहयोगमा ल्याइएको रासन बाहिरबाट आएका कामदार र एकल तथा गरिब परिवारलाई उपलब्ध गराउने गरिएको गुरुङले बताए ।

एकल महिला, गरिबलाई राहत दिने गरी योजना बनाएकोसमेत उनले बताए । “बाहिरबाट आएकालाई यहाँ बढी कठिन भएको छ । उनीहरुले मौज्दात सामान राख्न पनि सकेका छैनन्, गोरखा, धादिङ, रुकुम, रोल्पाका मान्छे यहाँ कामका लागि आउनुभएको छ, न त घर जान सक्ने अवस्था छ, न त यहाँ सहज भएको छ उहाँहरुलाई, केही सहयोग भने हामीले गरेका छौँ”, उनले भने ।

उद्योग वाणिज्य सङ्घ मनाङका अध्यक्ष सन्तोष श्रेष्ठले मोटरबाटो नखुल्दा अवस्था कठिन बन्दै गएको बताए ।

“माथिल्लो भेगमा समस्या छ । खाद्यान्न ढुवानीमा समस्या छ । पैसा भएर पनि सामान ल्याउन सक्ने अवस्था छैन”, उनले भने, “बाटो नभएपछि बजार ठप्प छ । बजारमा सामान किन्न पाइन छाड्यो, चामेतिर पनि अवस्था उस्तै छ, पैसा भए पनि सामान पाइने अवस्था छैन । उनले थोराङला भञ्ज्याङ हुँदै दैनिक उपभोग्य र अत्यावश्यक वस्तु ल्याउन बाध्य भएको बताए ।

मनाङ अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप० को संरक्षित क्षेत्रमा पर्छ । एक्याप मनाङका संरक्षण अधिकृत लेखनाथ गौतमका अनुसार मौज्दात खाद्यान्न पनि सकिन थालेको छ । उनले हेलिकप्टर वा थोराङ्ला भञ्ज्याङ पार गराएर सामान ल्याउनेबाहेक विकल्प नै नभएको बताए ।

“अझै पनि मान्छे घर फर्किन सकेका छैनन्, तालगाउँका करिब ९० प्रतिशत घरका मान्छे आफन्त कहाँ आश्रय लिइरहेका छन्, कतिपय बाँडिएर गाउँमै बसेका छन्, सामूहिकरूपमा चार ठाउँमा गाउँले बसेका छन्”, उनले भने ।

प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेका अनुसार मनाङको अवस्था जोखिमपूर्ण बन्दै गएको छ । गाडी नचलेपछि खाद्यान्न, औषधि, अत्यावश्यक वस्तु अभाव हुन थालेको उनले बताए ।

उनका अनुसार बिजुली अभाव छ, सौर्य ऊर्जाको भरमा काम गर्न मुस्किल भएको छ, बजारमा सामान किन्न पाइने अवस्था छैन ।


प्रतिक्रिया दिनुहोस