ताजा समाचार


बाढीले घर भत्काउँदा २५ जनाको ज्यान गयो

नेप्लिज संवाददाता ३ श्रावण २०७८, आईतवार १९:२९ (1 हप्ता अघि)    ७१ जनाले पढ़िसके

काठमाडौं । भारतको मुम्बईमा बाढीले घर भत्काउँदा कम्तीमा २५ जनाको ज्यान गएको छ ।

अत्यधिक बर्षाका कारण आएको ठूलो बाढी मुम्बईका बस्तीहरुमा पसेको थियो । बाढीले धेरै भौतिक संरचनामा क्षति पु¥याएको छ ।

भारतको आर्थिक राजधानी मानिने मुम्बईमा बाढीका कारण ठूलो आर्थिक क्षतिसमेत भएको अधिकारीहरूले जानकारी दिएका छन् ।

बाढीले रेल सेवालगायतका यातायात सेवा समेत अवरुद्ध हुँदा हजारौं मानिस अलपत्र परेको पाइएको छ ।

बाढीका कारण भत्किएको घरको पर्खालले मात्रै च्यापेर १७ जनाको ज्इान गएको घटनास्थलमा पुगेका उद्धारकर्ताहरूले जानकारी दिएका छन् । अरूको अन्य ठाउँमा ज्यान गएको हो ।

मुम्बइको माहुल क्षेत्रमा स्थानीय समय अनुसार आइतबार दिउसो १ बजे घटना भएको हो । घटनामा परी अरु सात जना घाइते समेत भएका छन् । उनीहरुको स्थानीय अस्पतालहरूमा उपचार भइरहेको छ ।


प्रतिक्रिया दिनुहोस