ताजा समाचार


भीम रावलद्वारा प्रतिनिधिसभा सदस्यबाट राजीनामाको घोषणा

नेप्लिज संवाददाता ३ श्रावण २०७८, आईतवार १६:१४ (1 हप्ता अघि)    १३३ जनाले पढ़िसके

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले प्रतिनिधिसभा सदस्यबाट राजीनामा दिएका छन् ।

आफू राजीनामा दिन संसद सचिवालयमा आएको र यहाँ साथीहरूले रोकेका कारण नयाँ बानेश्वरमा संसद भवनमा गएर सभामुखसमक्ष राजीनामा बुझाउनेउनले बताए ।

आफू पार्टी एकताको पक्षमा १० बुँदे सहमति कार्यान्वयन गर्न लागे पनि माधव नेपालबाटै सहयोग नभएको भन्दै रावलले देउवालाई विश्वासको मत दिनु भन्दा सांसद पदबाट राजीनामा दिएर दबाब सिर्जना गर्न खोजेको बताए ।

म पार्टी एकताको पक्षमा उभिएको तर अनैतिक राजनीति हुन थालेपछि यो खेलबाट अलग हुनलाई राजीनामा दिन लागेको भन्दै उनले आफूलाई केही साथीहरूले रोक्न खोजे पनि आफ्नो निर्णय यहि भएको बताए ।

 

विश्वासको मतका पक्षमा मतदान गर्न काँग्रेस संसदीय दलको आह्वान

नेपाली काँग्रेस संसदीय दलले प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले आफूलाई संसद्को विश्वास छ भनी राख्ने विश्वासको मतसम्बन्धी प्रस्तावका पक्षमा मतदान गर्न सबै राजनीतिक दल एवं सांसदलाई आह्वान गरेको छ ।

नयाँबानेश्वरस्थित संसद् भवनमा आज बसेको बैठकले विश्वासको मतका पक्षमा मतदान गर्न आफ्ना सबै सांसदलाई निर्देश ९ह्वीप० जारी गरेको दलका सचेतक पुष्पा भुसालले बताइन् ।

बैठकले सर्वोच्च अदालतको फैसलाले संविधानको रक्षा गरेको जनाउँदै सो फैसलाको स्वागत गरको छ । साथै यसका लागि सहयोग गर्ने बुद्धिजीवी, नागरिक समाज, पत्रकार जगत्लाई धन्यवाद दिएको छ ।

सचेतक भुसालले वर्तमान सरकारलाई विश्वासको मत प्राप्त हुनेमा संसदीय दल विश्वस्त रहेको जानकारी पनि दिए ।  असार २८ गतेको सर्वोच्च अदालतको परमादेशअनुसार असार २९ गते नेपाली काँग्रेसका सभापति एवं संसदीय दलका नेता देउवा संविधानको धारा ७६ ९५० अनुसार प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।


प्रतिक्रिया दिनुहोस