ताजा समाचार


राजदुतकी छोरीको अप‘हरण गर्ने को हुन् ?

नेप्लिज संवाददाता ३ श्रावण २०७८, आईतवार १५:४८ (1 हप्ता अघि)    ८२ जनाले पढ़िसके

बीबीसी । पाकिस्तानका लागि अफगानी राजदूतकी छोरीलाई हमलाकारीले अप‘हरण गरेर घा इते बनाइदिएको अधिकारीहरूले बताएका छन्।

पाकिस्तानी राजधानी इस्लामावादमा सिलसिला अलिखिल शुक्रवार केही घण्टा अप ह र णकारीको कब्जामा परेकी थिइन् ।

राजदूतकी छोरीलाई चरम यातना दिइएको र उसले त्यसबारे असन्तुष्टी दायर गर्ने अफगानिस्तानको विदेश मन्त्रालयले जनाएको छ ।

पाकिस्तानी अधिकारीहरूका अनुसार बीसको उमेरमा रहेकी सिलसिला अलिखिललाई उनी यात्रा गरिरहेकै कारमा प्रवेश गरेर आ क्रम णकारीले पीट पाट गरेका थिए।

अपहर णमुक्त भएपछि उनको एउटा अस्पतालमा उपचार गरिएको थियो । राजदूत नजिब अलिखिलले अमानवीय आक्र मणको भत्सर्ना गर्दै अहिले उनकी छोरीको अवस्था ठीक हुँदै गएको बताएका छन् ।

पाकिस्तानका लागि अफगानी राजदूत नजिब अलिखिलले अमानवीय आक्रमणको भर्त्सना गरेका छन्

अफगानी विदेश मन्त्रालयले आफ्नो गम्भीर चिन्ता व्यक्त गर्दै पाकिस्तानलाई कुटनीतिज्ञ र उनका परिवारको सुरक्षा सुनिश्चित गर्न भनेको छ।

राजदूतको सुरक्षा व्यवस्था कडा बनाइएको पाकिस्तानको विदेश मन्त्रालयले बताएको छ। पाकिस्तानका आन्तरिक मन्त्री शेख रशिद अहमदले प्रधानमन्त्री इमरान खानले दोषीलाई तत्काल पक्राउन गर्न चाहेको बताएका छन्।

अफगानिस्तानमा हिंसा बढिरहेका बेला पछिल्ला हप्तामा दुई देशबीचको सम्बन्ध झन् बिग्रँदै गइरहेको छ।

अफगान सरकारले पाकिस्तानले अफगानिस्तानभर विद्रोह गरिरहेका तालिबान लडाकुलाई सुरक्षित स्थान उपलब्ध गराएको आरोप लगाउँदै आएको छ।

तालिबान लडाकुहरूले देशभरमा उसको नियन्त्रण बढाउँदै लगेको छ भने थुप्रै सीमा चौकीमा कब्जा जमाउँदै गएको छ।

अमेरिकाले आफ्ना सुरक्षाकर्मी ११ सेप्टेम्बर अगावै अफगानिस्तानबाट फर्काउने भनेपछि अफगानिस्तानमा तालिबानी प्रभाव बढ्दै गएको छ।

अमेरिकाका अरू सहयोगी मुलुकहरू यूके लगायतले आफ्ना सबै सुरक्षाकर्मीलाई देश फर्काइसकेका छन्।

पाकिस्तानले भने उसको भूमिबाट लडाकुहरूलाई आक्रमण गर्न दिएको भन्ने आरोप अफगानिस्तानमाथि लगाउने गरेको छ। बीबीसीबाट ।


प्रतिक्रिया दिनुहोस