ताजा समाचार


नम्रता सापकोटा भन्छिन् –विहे नगरीकनै बच्चा पाउन चाहन्छु (भिडियोसहित)

नेप्लिज संवाददाता २ श्रावण २०७८, शनिबार १९:०४ (1 हप्ता अघि)    १७३ जनाले पढ़िसके

काठमाडौं । अभिनेत्री नम्रता सापकोटाले आफूलाई विहे नगरीकनै बच्चाको चाहना भएको बताएकी छिन् । एक टेलिभिजनसँगको अन्तर्वार्तामा मोडल तथा अभिनेत्रीले आफू सिंगल मदर बन्न चाहेको बताएकी हुन् ।

अहिले आफू विवाह नचाहेको तर, बच्चा चाहिँ चाहिने उनले बताइन् । उनले दुई चार वर्षमा विहे भएन भने बच्चा चाहिँ पाउने बताइन् । विहे नै नगरीकन पनि बच्चा पाउन सकिने भन्दै उनले विहेभन्दा आफूलाई बच्चा पाउन मन लागेको बताइन् ।

समाज र समय विस्तारै परिवर्तन भएको बताउँदै नम्रताले सिंगल मदरको ट्रेन्ड बढेको पनि बताइन् । आमाको माध्यममार्फत बच्चा जन्माउनुले वैधानिक पाएको बताउँदै नम्रताले बच्चा पाउनु आफ्नो इच्छा भएको बताइन् ।

अहिले सिंगल मदरले पनि आफ्नो बच्चालाई नागरिकता दिन पाउने कुरा कानुनमै उल्लेख भएकाले आफ्नो पनि योजना रहेको उनी बताउँछन् ।

सबै मिलेर समाजलाई परिवर्तन गर्दै लैजानु पर्ने बताउँदै नम्रता अगाडि भन्छिन्, ‘म अहिले नै विवाह गर्दिनँ तर म बच्चा जन्माउन चाहिँ चाहन्छु । तीन(चार वर्षमा बिहे भएन भने म बच्चा जन्माउँछु होला । यो कुरा मेरो आमा(बुबालाई पनि थाहा छ ।’

भगवानले छोरी मान्छेलाई आमा बन्ने बरदान दिएका कारण भविष्यमा बिहे नभए पनि बच्चा जन्माउने उनको भनाई छ । अहिले बच्चा जन्माउन धेरै टेकनिक भएकोले श्रीमान(श्रीमती नै हुनु नपर्ने उनी बताउँछिन् । उनले आफू विवाहको विरोधी नभएको पनि बताइन् ।

तर, दबाबमा बिहे गर्नु नहुने उनको तर्क छ । आफूले सकारात्मक व्यक्ति नभेटेकाले बिहे नगरेको नम्रता बताउँछिन् ।

गत वर्ष फिल्म क्षेत्रमा नेपोटिज्म रहेको धारणा राखेपछि विवादमा समेत तानिएकी उनले फिल्म क्षेत्रमा ग्रुपिज्म र नेपोटिज्म दुवै रहेको बताएकी छन् ।

उनी भन्छिन्, ‘मैले यो विषयमा बोल्दा कतिपयले फिल्म क्षेत्रमा नेपोटिज्म छैन ग्रुपिज्म छ भन्नु भयो । तर, यसमा केही फरक छैन । नेपाली फिल्मको इतिहास त्यति लामो नभए पनि विस्तारै ग्रुपिज्म र नेपोटिज्मको सुरुवात भएको छ ।’

 

यो पनि पढ्नुहोस्

मेरो जीवनमा कोही आएको छ, तर आकाश होइन : पूजा शर्मा

अहिलेकी चल्तीकी अभिनेत्री पूजा शर्मा जुन फिल्ममा काम गर्छिन्, त्यही फिल्मको अभिनेतासँग प्रेमको चर्चा चल्न थाल्छ । फिल्म ‘प्रेमगीत’ ताका प्रदीप खड्का, ‘म यस्तो गाीत गाउँछु’ को समयमा पल शाह र ‘रामकहानी’ पछि आकाश श्रेष्ठसँग उनको नाम जोडियो ।

निर्देशक सुदर्शन थापासँग पनि उनी प्रेम सम्बन्धमा रहेको खबरले केही समय फिल्म बजार खुब तात्ने गरेको थियो । पूजाको आकाशसँग जति घनिष्टता भने अरु अभिनेतासँग भएन । यसैले त उनीहरु प्रेममा रहेको मान्ने धेरै छन् ।

‘रामकहानी’ पछि फिल्म र म्यूजिक भिडियोमा निरन्तर सहकार्य गर्दै आएको यो जोडी सार्वजनिक कार्यक्रममा जाँदा समेत कहिल्यै छुटिएन । केमेस्ट्री रुचाइएका कारण उनीहरुलाई विवाह गर्न दर्शकले दबाब दिने गरेका छन् । तर, उनीहरुले कहिल्यै प्रेम स्वीकार गरेनन् ।

यसबीच, अभिनेत्री पूजा शर्माले आफ्नो जीवनमा कोही विशेष व्यक्ति आएको खुलासा गरेकी छन् । अभिनेत्री प्रियंका कार्कीसँगको चिट च्याट गफमा उनले आफू मिंगल हुने तयारीमा रहेको खुलाएकी हुन् । एक फ्यानले ‘कसम सिंगल हो ?’ भनेर सोधेको प्रश्नमा उनले भनेकी छन्, ‘सिंगल नभनिहालुम् । मेरो जीवनमा कोही आएको छ र उसलाई बुझ्दै छु । तर, त्यो व्यक्ति आकाश होइन ।’

सही समय आएपछि आफ्नो जीवनमा आएको व्यक्तिको बारेमा खुलासा गर्ने उनले बताएकी छन् । अर्को वर्षभित्र आफू विवाह बन्धनमा बाँधिने तयारीमा रहेको समेत उनले बताइन् । बिहेबारे उनी भन्छिन्, ‘जीवनमा नयाँ मान्छे आएर बिहे गर्न लागेको चाहिँ होइन ।

अब बेला पनि भयो । करिअर पनि राम्रो भयो, सोचेका कुरा पनि भए । अब परिवार अगाडि बढाउनु पर्छ भन्ने भएर हो ।’ आकाशसँग आफू धेरै नजिक भएकाले प्रेमको चर्चा चलेको हुनसक्ने उनको बुझाइ छ । तर, आकाशसँग आफू कहिल्यै प्रेममा नभएको उनी बताउँछिन् ।


प्रतिक्रिया दिनुहोस