ताजा समाचार


कलाकार पल्पसा डंगोल ‘चम्सुरी’ शिक्षण अस्पताल भर्ना, एक्कासी के भयो ?

नेप्लिज संवाददाता २ श्रावण २०७८, शनिबार १८:०३ (1 हप्ता अघि)    २३० जनाले पढ़िसके

काठमाडौं । कलाकार पल्पसा डंगोल ‘चम्सुरी’ शिक्षण अस्पताल भर्ना भएकी छिन् । उनलाई मृगौलामा समस्या भएपछि शिक्षण अस्पतालमा भर्ना गरेर राखिएको कलाकार दिपाश्री निरौलाले बताएकी छिन् ।

सामाजिक संजालमार्फत उनले कलाकार डंगोल शिक्षण अस्पतालको ३०५ नम्बर बेडमा राखेर उपचार गरिएको छ । उनले सबैजना मिलेर कलाकार डंगोलको सु–स्वास्थ्यको कामना गर्न पनि आग्रह गरेकी छिन् ।

यो पनि पढ्नुहोस्

यश कुमार र सपनाश्रीको २० वर्ष पुरानो गीतमा प्रिन्सी प्रिज्माको अभिनय

काठमाडौं । गायक यश कुमार र गायिका सपनाश्रीले २० वर्ष अघि गाएको गीत ‘तिम्रो मन बदलिएछ’ नयाँ स्वरुपमा श्रोता तथा दर्शकमाझ आएको छ । नयाँ स्वरुपको गीतमा यशलाई गायिका मिलन नेवारले स्वरमा साथ दिएकी छन् । गीतमा यशकै शब्द र संगीत छ ।

गीतमा देवेश राईको एरेञ्ज, साजन शाहको मिक्सिङ छ । गीतको भिडियोमा सागर लम्साल, प्रिज्मा–प्रिन्सी खतिवडा फिचर्ड छन् । भिडियोमा आकाश कार्की, जीवन नेपाल र रेशम बुढाथोकीको पनि अभिनय छ ।

गायक यशले गीतले सबैको आ–आफ्नो भोगाइलाई छुने दाबी गरे । अभिनेता सागरले आफूले सानो उमेरदेखि नै सुन्दै आएको गीतलाई भिडियो बनाउन गरेको प्रस्ताव स्वीकार गरेकोमा यशप्रति आभार व्यक्त गरे ।

अभिनेत्रीद्वय प्रिन्सी र प्रिज्माले बच्चादेखि सुन्दै आएको गीतमा अभिनय गर्न पाउनु सपना पनि नसोचेको फल पाएको बताए । निर्देशक निकेश खड्काले आफूले कलेज पढ्दाताका धेरै सुनेको यो गीतलाई आफैले एक्सन–कट गर्न पाउनु चुनौतीसँगै अवसर पनि भएको दाबी गरे ।

भिडियोमा बुद्ध थापा र उनको समूहको छायांकन, विकास धमलाको सम्पादन र रंग संयोजन, सरोज कुँवरको प्रोडक्सन र निकेश खड्काको कथा तथा निर्देशन छ ।

भिडियोका निर्माताहरु भीमादेवी क्षेत्री र सचित लम्साल केसी हुन् । भिडियो बले इन्टरटेनेमन्टको युट्युब च्यानलबाट सार्वजनिक भएको हो ।


प्रतिक्रिया दिनुहोस