ताजा समाचार


युरोकपका कारण एक जनाको ज्यान गयो, धेरै व्यक्ति घाइते

नेप्लिज संवाददाता २९ असार २०७८, मंगलवार ०७:२५ (2 हप्ता अघि)    १५५ जनाले पढ़िसके

एजेन्सी । युरोकपको खुसीयाली मनाउने क्रममा इटालीको रोममा एक जनाको ज्यान गएको छ । धेरै व्यक्ति घाईत भएका छन् । आईतबार इङ्ल्याण्डलाई पराजित गर्दै इटालीले सन् २०२० को युरोकपको उपाधि उचालेको थियो ।

प्रहरीका अनुसार सिसिली क्याल्लटागिरोनमा एक कार दुर्घटनामा २२ वर्षिया एक जनाको ज्यान गएको हो । उनी विजय उत्सवमा सहभागी हुन टाउन सेन्टर गईरहेका थिए ।

इटालीको वित्तिय राजधानी मिलानमा १५ मानिस घाईते भएका छन् । जसमा तीन जनाको अवस्था गम्भिर छ । एक जनाको अतिशबाजीको क्रममा तीन औला गुमेको छ ।

इटालीले लण्डनमा सन् १९६८ पछि पहिलो पटक युरोकपको उपाधि उचालेको थियो । पेनाल्टी सुटआउटमा इङ्ल्याण्डलाई ३–२ ले हराउँदै इटाली च्याम्पियन बन्यो ।

निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि निर्णय टाइब्रेकरबाट गरिएको थियो ।

यो पनि पढ्नुहोस्

मेस्सी र नेयमार सर्वोत्कृष्ट

अर्जेन्टिनी कप्तान लियोनल मेस्सी र ब्राजिली स्टार नेयमार संयुक्त रूपमा कोपा अमेरिका कपको सर्वोत्कृष्ट खेलाडी बनेका छन् ।

दक्षिण अमेरिकी फुटबल फेडेरेसन (कन्मेवल) को प्राविधिक टोलीको अध्ययन र अनुसन्धानमा मेस्सी र नेयमारलाई संयुक्त रूपमा कोपाको सर्वोत्कृष्ट खेलाडी घोषणा गरेका हुन् ।

कोपाको इतिहासमा पहिलोपटक दुई खेलाडीले सर्वोत्कृष्ट खेलाडीको अवार्ड बाँडेको हो । यो निर्णय कन्मेवलको आधारित छ ।

आइतबार बिहान माराकाना स्टेडियममा भएको फाइनलमा अर्जेन्टिनाले घरेलु टोली तथा साविकको विजेता ब्राजिललाई १–० ले हराउँदै २८ वर्षपछि कोपाको च्याम्पियन बनेको थियो । यस्तै मेस्सीले पनि अर्जेन्टिनाबाट पहिलो उपाधि जित्न सफल भएको थियो ।

कन्मेवलको छनोट समितिले दुईमध्ये एक खेलाडीलाई मात्रै छान्न असहज भएकाले दुवै खेलाडीलाई कोपाको सर्वोत्कृष्ट खेलाडी घोषणा गरिएको विज्ञप्तिमा उल्लेख छ ।

‘मेस्सी र नेयमार कसलाई सर्वोत्कृष्ट बनाउने यो छान्न हामीलाई सहज थिएन । उनीहरू उत्कृष्ट खेलाडी हुन् । कोपामा दुवै खेलाडीले उत्कृष्ट प्रदर्शन गरेका छन् ।’

कन्मेवलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । ‘उनीहरूले प्रत्येक खेलमा प्राविधिक र रणनीतिक रूपमा उत्कृष्ट खेल पस्किएका छन् । उनीहरूकै उच्च प्रदर्शनमा दुवै टोली फाइनलमा पुग्न सफल भएका हुन् ।

सोही कारण उनीहरू दुवै कोपाको सर्वोत्कृष्ट खेलाडी हुन् ।’ कन्मेवलको विज्ञप्तिमा उल्लेख छ । जबकि मेस्सीले कोपाको ७ खेलमा ४ गोल र ५ असिस्ट दिएका छन् ।

यता नेयमारले ६ खेलमा २ गोल गर्नुका साथै ३ असिस्ट दिएका थिए । मेस्सी र कोलम्बियाका लुइस डियाज कोपाको सर्वाधिक गोलकर्ता बने । उनीहरूले समान ४ गोल गरेका थिए । असिस्टमा मेस्सी उत्कृष्ट रहे ।

यस्तै अर्जेन्टिनाका गोलरक्षक इमिलियानो मार्टिनेज कोपाको उत्कृष्ट गोलरक्षक बनेका छन् ।

अर्जेन्टिनाको फाइनल यात्राका लागि सेमिफाइनलमा मार्टिनेजले पेनाल्टी सुटआउटमा कोलम्बियाको ३ पेनाल्टी बचाएको थियो । फाइनलमा पनि मार्टिनेजले केही सुन्दर बचाउ गरेका थिए ।

दोस्रो भएको ब्राजिलले फेयर प्लेको अवार्ड जितेको छ । ११ जुनबाट सुरु भएको कोपामा १० टोलीले सहभागिता जनाएका थिए ।

सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको थियो । दुवै समूहबाट शीर्ष चार टोलीले क्वाटरफाइनलमा स्थान बनाएका थिए ।


प्रतिक्रिया दिनुहोस