ताजा समाचार


जब यि पुरुष पूर्व प्रेमिकाको विवाह समारोहमा महिलाको पहिरनमा लुकेर भेट्न पुगे (भिडियोसहित)

नेप्लिज संवाददाता २२ असार २०७८, मंगलवार १९:४६ (3 हप्ता अघि)    २२८ जनाले पढ़िसके

काठमाडौं । विश्वमा अनेक हर्कतका समाचारहरु पढ्न र सुन्न पाइन्छ । कहिले के विषयले त कहिले के विषयले विश्वलाई तताइरहेको हुन्छ । मान्छे आफ्नो प्रेमको लागि जस्तोसुकै जोखिम मोल्न सक्छ भन्ने उदाहरण भारतको उत्तर प्रदेशस्थित भदोही गाउँमा देखिएको छ ।

भदोही गाउँका एक युवक आफ्नी पूर्व प्रेमिकाको विवाह समारोहमा उनकै घरमा महिलाको पहिरनमा लुकेर छिरे । उनी पूर्व प्रेमिकाको घर पुग्दा त्यहाँ विवाहको धुमधाम तयारी भइरहेको थियो ।

तर ती युवक भने नक्कली कपाल जोडेर, महिलाको कपडा लगाएर, फेसमा मेकअप समेत गरेर महिला जस्तै बनेर पूर्व प्रेमिकाको घर पुगेका थिए । रोचक त के भने उनी लेडीज चप्पल लगाएर र लेडीज ब्याग बोकेरै प्रेमिकालाई लुकेर चियाउन त्यहाँ पुगेका थिए ।

जब ती युवकको टाउकोबाट नक्कली कपाल बाहिर झर्न थाल्यो त्यसपछि वरपरका मानिस दंग परेर उनलाई हेर्न थाले । धेरैले ती युवकलाई समातेर उनीबारे सोधपुछ गर्न थाले । युवकले सत्य कुरा सबै बताए । खासमा त्यस दिनकी वेहुली ती युवककी पूर्व प्रेमिका थिइन् ।

उनले आफू कसैलाई थाहा नदिइकन लुकेर प्रेमिकालाई हेर्न आएको कुरा उनले भने र त्यस दिन लुकेर प्रेमिकालाई भेट्न समेत प्रयास गरेका थिए । तर वेहुली घरको माहोल बिग्रिन थालेपछि ती युवक आफ्ना साथीसँग मोटर बाइकमा चढेर भागे ।

तर ती युवकको यस्तो यस्तो हर्कतको भिडियो र फोटो विवाह समारोहमा उपस्थित भएका अधिकांशले खिचि सकेका थिए । भिडियो खिचेनन् मात्रै ती युवकको भिडियो केही बेरमै सामाजिक सञ्जालमा भाइरल भयो ।

यही जुन महिनाको पहिलो साताको यस्तो घटनाबारे भारत मात्रै नभएर पश्चिमा मिडिया सहित थुप्रै विदेशी मिडियाले समाचार बनाएका छन् ।

यो पनि पढ्नुहोस्

विश्वका दुई कुनामा पनि कहिलेकाहीँ उस्तै अनुहार भएका मान्छेहरु भेटिन सक्छन् । विशेषगरी सामाजिक सञ्जालको व्यापक प्रयोग हुन थालेपछि विभिन्न कारणले आम मानिस समेत रातारात सेलिब्रिटी बनेका छन् ।

यस्तै घटना भएको छ पाकिस्तानमा । अमेरिकी पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पको जस्तै अनुहार भएको एक जना पाकिस्तानी भेटिए । निकै सुन्दर स्वरमा गाउन समेत सक्ने क्षमता उनको छ । पेशाको रुपमा कुल्फी व्यापारी ती व्यक्ति गीत गाएरै आफ्नो कुल्फी बेच्ने गर्दा रहेछन् ।

ती वयस्कले सेतो पाइजामा लगाएर गीत गाउँदै कुल्फी बेच्दै गरेको एउटा भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल नै बनेको छ । अनुहार तथा छाला सेतो हुने एक किसिमको रोगसँग पनि उनी जुधिरहेका छन् । सेतो छाला, सेतै कपाल भएका उनको अनुहार भने ठ्याक्कै ट्रम्पसँग मिल्छ ।

पाकिस्तानी गायक तथा गीतका शेहजाद रोयले ती ुकुल्फीवालाुले गाउँदै गरेको भिडियो ट्वीटरमा सार्वजनिक गरेपछी केही बेरमै भाइरल बनेको हो । जहाँ उनले ट्रम्पको नक्कली अनुहार भन्दए उनले गाएको गीतको प्रशंसा समेत गरेका थिए । साथै उनको गीतलाई मन पराउर उनलाई सहयोग गर्न चाहेको समेत रोयले बताएका छन् ।

पन्जाबको शाहीवालका बासिन्दा उनलाई गायक रोयले सहयोग गर्ने बाचा गरेका छन् । पछिल्लो समय उनको गायकीलाई देखेर धेरै मानिसले उनलाई सहायता गर्न तत्परता देखाएका छन् । साथै उनको प्रशंसा समेत गरेका छन् ।

ती व्यक्तिको उर्दु गायन देखेर एक जनाले लेखेका छन्, ुट्रम्प जस्तो देखिने उनको आत्मा भने लोक कलाकार नसिबो लालको जस्तो रहेछ ।ु

गायक रोयले उनलाई फेरि भेटेका छन् कि छैनन् भन्ने बारे कुनै विवरण सार्वजनिक भएको छैन । तर सामाजिक सञ्जाल मार्फत धेरैले ती ुकुल्फीवालाु लाई भेट्न चाहेको इच्छा प्रकट गरेका छन् ।


प्रतिक्रिया दिनुहोस