ताजा समाचार


ब्राजिल कोपा अमेरिकाको फाइनल प्रवेश

नेप्लिज संवाददाता २२ असार २०७८, मंगलवार ०७:३० (3 हप्ता अघि)    १०३ जनाले पढ़िसके

काठमाडौं । साविक विजेता ब्राजिल कोपा अमेरिकाको फाइनल प्रवेश गरेको छ । रियो दि जेनेरियोको राष्ट्रिय रंगशालामा भएको खेलमा उसले पेरुलाई १–० ले पराजित गर्दै फाइनल प्रवेश गरेको हो ।

समूह चरणमा ४–० गोलको जित निकालेको ब्राजिलले सेमिफाइनलमा भने निकै कठिन चुनौतिको सामना गर्नुपरेको थियो । ३५ औं मिनेटमा नेइमारको पासमा लुकास पाकेस्टाले गरेको गोल नै ब्राजिलको जितमा निर्णायक रह्यो ।

प्रतियोगितामा अपराजित रहेको ब्राजिलको प्रदर्शन दोस्रो हाफमा केहि खस्किए पनि पेरुले फाइदा उठाउन सकेन ।

ब्राजिलको ऐतिहासिक मराकाना रंगशालामा हुने फाइनलमा ब्राजिलले अर्जेन्टिना र कोलम्बियामध्ये एकसँग खेल्नेछ । दोस्रो सेमिफाइनल भोलि विहान हुनेछ ।

यो पनि पढ्नुहोस्

क्रिष्टल प्यालेसको प्रशिक्षकमा फ्रान्सका प्याट्रिक भिएरा नियुक्त

इंग्लीश प्रिमियर क्लब क्रिष्टल प्यालेसले फ्रान्सका प्याट्रिक भिएरालाई प्रशिक्षक नियुक्त गरेको छ । गत मे १८ तारिखमा रोय हड्सनले प्रशिक्षकको पद त्यागेको घोषणा गरेपछि क्रिष्टल प्यालेसले नयाँ प्रशिक्षकको खोजी गरिरहेको थियो ।

लामो प्रक्रियापछि प्यालेसले ४५ वर्षिय भिएरालाई तिन वर्षको लागि प्रशिक्षकको जिम्मेवारी सुम्पिएको हो । फ्रेन्च राष्ट्रिय टोलीका पुर्व कप्तान भिएरा खेलाडीको रुपमा अत्यन्तै सफल थिए ।

भिएराले सन् १९९६ देखि २००५ सम्म प्रिमियर क्लब आर्सनलबाट व्यावसायिक फुटबल खेल्दै ७ वटा मेजर उपाधि जितेका थिए । प्रशिक्षकको रुपमा भने उनको वास्तविक परिक्षा आगामि सिजनको प्रिमियर लिगमा हुने भएको छ ।

भिएराले यसअघि फ्रान्सको निस, अमेरिकाको न्यु योर्क सिटी फुटबल क्लब र इंग्ल्याण्डको म्यान्चेस्टर सिटीको युवा टिमको प्रशिक्षकको रपमा काम गरिसकेका छन् ।


प्रतिक्रिया दिनुहोस