ताजा समाचार

एनआरएनए अमेरिकाका नव निर्वाचित पदाधिकारीहरुको सपथ ग्रहण समारोहमा लफडा (हेर्नुहोस् भिडियोमा)

नेप्लिज संवाददाता २१ असार २०७८, सोमबार ०७:२६ (2 महिना अघि)    २६३ जनाले पढ़िसके

एनआरएनए अमेरिकाको कोठे राजनीति, न्यूयोर्कमा भएको साधारण सभाको मञ्चसम्म पुगेको छ । नवनिर्वाचित कार्यसमितिलाई कतिवेला सपथ गराउने जस्तो अतिनै समान्य विवादमा जुन वितण्डा भयो यसले म एनआरएनए अमेरिकाको सदस्य हुँ भन्न पनि लाज लाग्ने अवस्थामा पुर्याएको छ ।

यसमा को दोषी थियो, कसले गर्दा के भयो , यो सुन्नु छैन । न्यूयोर्क साधारण सभामा जे भयो, समाजिक संजालमा जे देखियो त्यही सत्य हो ।

साधारण सभा मञ्चसम्म पुगेको यो कोठे राजनीतिले अहिले एनआरएनएको आईसीसी देखि एनसीसी सम्म विभिन्न तहमा हुने पदाधिकारीको बामपुड्के हैसियत पनि देखाईएको छ ।

सभामा उपस्थित आईसीसी उपाध्यक्षहरु, सचिव, क्षेत्रिय संयोजक, एनआरएनए अमेरिकाका वर्तमान, नवनिर्वाचित र पुर्व कार्यसमितिका पदाधिकारीको धरातल, अयोग्यता, समाजमा पकड कतिरहेछ यो पनि उदांगो भएको छ । एनआरएनए अमेरिकालाई कस्ता व्यक्तिले नेतृत्व दिईरहेका रहेछन भन्ने पनि स्पष्ट भएको छ ।

उक्त होहल्लाको पछिको स्पष्ट सन्देश यो गुट उपगुटको एनआरएनए अमेरिका हामीलाई चाहिदैंन भन्ने हो । कुनै गुटमा नलागि दुई पटक आईसीसीमा चुनाव हारेका खगेन्द्र जीसी मात्र त्यहाँ अपवादका रुपमा सहभागी थिए ।

उक्त साधारण सभामा जे भयो त्यो हेर्दा लाग्छ त्यहाँ कोही नेपाली समुदायका मुद्दाका पक्ष उठाउन गईरहेको थिएन । नागरिकताको निरन्तरता, नेपाली समुदायका लागि उठाउनु पर्ने मुद्दाका वारेमा कसैलाई मतलव थिएन ।

कोठे राजनीतिको जोड घटाउका लागि त्यहाँ भिड जम्मा भएको थियो । न्यूयोर्क भेलामा यस्तो लफडा हुन सक्छ भन्ने पुर्वनुमान भने थियो । आईसीसीमा अमेरिकावाट प्रतिनिधित्व गर्ने डेलिगेट चयन विवादले लफडा हुने संकेत दिईसकेको थियो ।

निर्वतमान नेतृत्वले भव्यरुपमा आफ्नो पदभार हस्तान्तरण गर्नु पर्ने थियो । नेतृत्व हस्तातरण कसलाई र कसरी भयो यस आधारमा निवर्तमान नेतृत्वको मूल्यांकन हुन्छ । यस आधारमा सुनिल शाह र उनको टिम असफल भएर विदा भएको छ । वरिष्ठ उपाध्यक्ष हुदांनै सुनिल डेलिगेट बार्गेनिगंको आरोपमा विवादमा परेका थिए । यद्यपी यसलाई सुनिलले झुठ भन्दै अस्विकार गरेका छन् ।

तर, यसपटक डेलिगेट चयनकै विषयमा सुनिलको कार्यसमिति विवादमा परेको थियो । डेलिगेट चयनको विषयमा कार्यसमितिले गर्न नहुने विरोधाभास पुर्ण निर्णय गर्यो । पछि आईसीसीले हस्तक्षेप गर्नु पर्ने अवस्था आयो ।

समग्रमा निर्वतमान कार्यसमितिको दुई बर्षको कार्यकाल मूल्यांकन गर्ने हो भने यो अर्को असफल कार्यसमिति हो । एनआरएनए अमेरिकाको मञ्चमा भएको हो हल्लाले यो कार्यसमितिको असफलता पुष्टि गर्छ ।

न्यूयोर्कको घटनाले अमेरिका वस्ने नेपाली समुदायले टाउको झुकाउनु पर्ने अवस्था वनेको छ । म एनआरएन हुँ तर, न्यूयोर्कको भेलामा जाने एनआरएन चांही होइन भन्नुपर्ने अवस्था आएको छ । यो दुर्भाग्यपुर्ण हो ।  हिमालय खबरबाट

हेर्नुहोस् भिडियोमा


 

 


प्रतिक्रिया दिनुहोस