ताजा समाचार


श्रीमतीलाई प्लास्टिकमा बेरेर विश्व कीर्तिमान (हेर्नुहोस् भिडियोमा)

नेप्लिज संवाददाता १७ असार २०७८, बिहीबार १५:०६ (4 हप्ता अघि)    ३०४ जनाले पढ़िसके

एजेन्सी । बेलाबेला विश्वमा अनेक घटनाका खबरहरु सार्वजनिक भइरहन्छन् । कतिपय घटनाहरु निकै अविश्वसनीय तथा रोचक पनि हुन्छन् । एकजना व्यक्तिले आफ्नी पत्नीलाई प्लास्टिकमा बेरेरसमेत विश्व कीर्तिमान कायम गरेका छन् ।

डेभिड रश अमेरिकाको इडाहोमा बस्छन् । उनले १ मिनेट २.४४ सेकेण्डमै आफ्नी पत्नीलाई पोलिथिनभित्र लपेटेर गिनज बुकमा नाम लेखाएका छन् ।

विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणित शिक्षालाई बढावा दिनका लागि आफूले यस्तो कदम चालेको उनको भनाइ छ । रशले यस प्राविधिक शिक्षाको प्रवर्द्धन गर्ने भन्दै विभिन्न डेढ सय विश्व कीर्तिमान कायम गरिसकेका छन् ।

यसअघि उनले सन् २०१९ मा पनि उनले आफ्नी पत्नीलाई १ मिनेट ५७ सेकेण्डमा प्लास्टिक र्‍यापले बेरेर कीर्तिमान कायम गरेका थिए ।

यसपटक उनले उक्त समयभन्दा पनि कम अर्थात् १ मिनेट २.४४ सेकेण्डमै पत्नीलाई प्लास्टिकमा र्याप गरेर आफ्नै अघिल्लो कीर्तिमान भङ्ग गरेका हुन् ।

उनका अनुसार पत्नीलाई प्लास्टिकमा बेर्ने अभ्यास गर्नका लागि ९ रोल प्लास्टिकको र्‍यापिङ पेपर सकिएको थियो ।

हेर्नुहोस् भिडियोमा

 

यो पनि पढ्नुहोस्

क्यानाडाको तापक्रम अहिलेसम्मकै उच्च, गर्मीबाट २३० जनाको ज्यान गयो

क्यानडामा अत्यधिक गर्मीका कारण पछिल्ला केही दिनमा आएको तातो हावामा परेर कम्तीमा पनि २३० जनाको ज्यान गएको छ । क्यानाडाका अधिकारीहरुले दिएको जानकारीअनुसार क्यानाडाको तापक्रम अहिलेसम्मकै सबैभन्दा उच्च विन्दुमा पुगेको छ ।

यस तापक्रमका कारण तातो हावा चलिरहेको बताइएको छ । यसैकारण ती नागरिकको मृत्यु भएको हो । यहाँका विभिन्न स्वास्थ्य समस्यासँग जुधिरहेका वृद्ध मानिसहरुलाई यो तातो हावाले बढी असर गरेको छ । मृत्यु हुनेमा धेरैजसो तिनै नागरिकहरु परेका बताइएको छ ।

क्यानाडाको खासगरी ब्रिटिश कोलम्बिया प्रान्तका नागरिक बढी प्रभावित भएका छन् । जसका कारण यहाँका नागरिकमा विभिन्न स्वास्थ्य समस्याहरु पनि देखिएको यहाँका स्वास्थ्य क्षेत्रका अधिकारीहरुले जानकारी दिएका छन् ।

प्राप्त समाचार अनुसार मंगलबार मात्र क्यानाडाको तापक्रम अधिकतम ४९.६ डिग्री सेल्सियममा पुगेको थियो । यहाँ यो अहिलेसम्मकै उच्च तापक्रम भएको बताइएको छ ।

क्यानाडाको तापक्रम बुधबार चौथो दिन पनि उच्च नै रहेको बताइएको छ । अमेरिकाको उत्तर पश्चिमी क्षेत्रमा पनि तापक्रम निकै बढेको छ । तातो हावाका कारण अमेरिकाका यी क्षेत्रमा पनि केही मानिसको ज्यान गएको बताइएको छ ।

तातो हावाका कारण ब्रिटिश कोलम्बिया क्षेत्रमा जनजीवन नै प्रभावित भएको छ । ब्रिटिश कोलम्बिया प्रान्तको लिटन गाउँमा सबैभन्दा धेरै तापक्रम देखिएको छ । उक्त गाउँका स्थानीयहरुका अनुसार अहिले सो गाउँबाट मानिसहरु बाहिर निस्किन सक्ने अवस्था देखिएको छैन ।

क्यानाडाको भ्यानकुभरमा मात्रै गत शुक्रबारयता ६५ जनाको मृत्यु भएको बताइएको छ । यसरी मृत्यु हुनुमा अत्यधिक गर्मी नै प्रमुख कारण रहेको यहाँका स्वास्थ्य क्षेत्रका अधिकारीको भनाई छ ।


प्रतिक्रिया दिनुहोस