ताजा समाचार


काठमाडौंमा निषेधाज्ञा फेरि ७ दिन थपियो, हेर्नुहोस् आदेशसहित

नेप्लिज संवाददाता ६ असार २०७८, आईतवार १८:४१ (1 महिना अघि)    २०० जनाले पढ़िसके

काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञाको समय ७ दिन थप गरिएको छ । काठमाडौं उपत्यकाका ३ प्रमुख जिल्ला अधिकारीहरुको बैठकले जनजीवनमा केही सहज हुने गरि खुकुलो बनाउँदै निषेधाज्ञा थप्ने निर्णय गरेको हो ।

अब काठमाडौं उपत्यकामा असार १४ गतेसम्म निषेधाज्ञा हुने भएको एक प्रमुख जिल्ला अधिकारीले बताए । अबको निषेधाज्ञा भने खुकुलो बनाइने भएको छ। निजी सवारीलाई जोर–बिजोरअनुसार चल्न दिइने ललितपुरका प्रजिअ ढुण्डीप्रसाद निरौलाले जानकारी दिए।

अब ट्याक्सीहरूलाई पनि जोर बिजोर लागू गरेर चलाउन दिइनेछ काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले बताए ।

आइतबार, मंगलबार र बिहीबार ११ देखि ४ बजेसम्म सुन, भाँडाकुडा, अटो मोबाइल्स, विद्युतीय सामग्रीका पसल खोल्न दिइने निर्णय भएको छ,’ अधिकारीले भने,‘सोमबार, बुधबार र शुक्रबार ११ बजेदेखि ४ बजेसम्म सपिङ मल, खेलकुद सामग्री, कपडा, जुत्ता, साडी, कस्मेटिक्स, फेन्सी, टेलरिङ, गिफ्ट पसल खोल्न दिइने उनले बताए ।

खाद्यान्न, दूध, किताब पसललगायतका पसलहरू बिहान ११ बजेसम्ममात्र खोल्न दिइनेछ। रेष्टुरेन्ट, होटलहरूले भने टेक अवे र होम डेलिभरी गर्न पाउनेछन्।

निर्माण सामग्रीका पसलहरू बिहान ११ देखि साँझ ६ बजेसम्म खोल्न पाइने अधिकारीले जानकारी दिए।

शनिबार अत्यावश्यकबाहेक अरू पसलहरू बन्द गर्नु पर्नेछ। सरकारी कार्यालय आलो(पालो गरी खुला गर्नुपर्ने निर्णय भएको सहायक प्रजिअ अधिकारीले जानकारी दिए।

 


प्रतिक्रिया दिनुहोस