ताजा समाचार


नेपालमा फेरि भेटियो कोरोनाको नयाँ भेरियन्ट, ९ जनामा पुष्टि

नेप्लिज संवाददाता ६ असार २०७८, आईतवार १८:०९ (1 महिना अघि)    २६८ जनाले पढ़िसके

काठमाडौं । नेपालमा पनि कोरोना भाइरसको भेरियन्ट डेल्टाको नयाँ म्यूटेसन पुष्टि भएको छ । ४७ नमुनामध्ये ९ वटामा डेल्टाको परिवर्तित रुप र एउटा नमुनामा अल्फा भेरियन्ट पुष्टि भएकोे स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

डेल्टाको परिवर्तित रुपलाई वैज्ञानिकहरुले ‘डेल्टा प्लस’ भनेका छन् तर विश्व स्वास्थ्य संगठन ९डब्ल्यूएचओले यसको आधिकारीक नामाकरण भने गरेको छैन ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले वैशाख २६ देखि जेठ २० गतेसम्म देशका विभिन्न स्थानबाट फरक – फरक उमेर समूहको ४८ वटा नमुना संकलन गरि परीक्षणका लागि डब्ल्यूएचओद्वारा मान्यता प्राप्त इन्स्टिच्यूट अफ जिनोमिक्स एण्ड इन्टग्रेटिभ बायोलोजी प्रयोगशाला दिल्ली पठाइएको पठाएको थियो ।

के४१७एन म्युटेसनले भाइरसको स्पाइक प्रोटिनमा ४१७ जस्तै परिवर्तन लिएर आएकाले शरीरमा हुने एन्टीबडीमा आक्रमण गर्छ ।

अर्थात्, यो भेरियन्ट निकै शक्तिशाली रहेको विज्ञहरुले बताएका छन् । यो भेरियन्ट भारतमा केही दिन अगाडिमात्रै देखिएको थियो र यो भेरियन्टलाई खोपलेसमेत काम गर्दैन पनि भनिएको छ, यद्पी यसबारे अनुसन्धान भईरहेको छ।

अहिलेसम्म विश्वमा अल्फा भेरियन्ट १६४, बिटा भेरियन्ट ११५, गामा ६८, डेल्टा ८० र काप्पा । नेपालमा बिटा र गामा भेरियन्ट देखिएको छैन ।

काप्पा भेरियन्टबारे डब्ल्यूएचओले जनस्वास्थ्यमा गम्भिर असर नपर्ने हिसावले भेरियन्ट अफ कन्र्सनको नाम दिएको छैन । यद्यपी यो भेरियन्ट नेपालमा पनि देखिसकेको छ । नेपालमा दोस्रो लहरमा डेल्टा भेरियन्ट बढी जिम्मेवार देखिएको मन्त्रालयका प्रवक्ता कृष्ण पौडेलले बताए ।

यो पनि पढ्नुहाेस् 

कोभिड अपडेट : सङ्क्रमणमुक्त हुने दरमा वृद्धि

कोभिड–१९ बाट सङ्क्रमणमुक्त हुने सङ्ख्या पछिल्लो समयमा बढ्दै गएको छ । गत २४ घण्टामा तीन हजार ४५६ जना कोराना भाइरसको सङ्क्रमणमुक्त भएर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा आज मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले कोरोना भाइरसको सङ्क्रमणमुक्त हुने जानेको सङ्ख्या बढ्दै गएको जानकारी दिनुभयो ।

गत २४ घण्टामा दुई हजार ४४२ जना कोभिड–१९ सङ्क्रमित थपिएका छन् । मन्त्रालयका अनुसार देशभर गरिएको पीसीआर तथा एन्टीजेन परीक्षणमा दुई हजार ४४२ जनामा सङ्क्रमण पुष्टि भएको हो । गत २४ घण्टामा नै ५१ जनाको मृत्यु भएको छ ।

नेपालमा हाल ५५ हजार ५३२ जना सक्रिय सङ्क्रमित रहेका छन् । प्रवक्ता पौडेलका अनुसार सङ्क्रमणदर घट्दै गएको छ । काठमाडौं उपत्यकामा ५४८ जना सङ्क्रमित थपिएका छन् । काठमाडौँमा ४५०, ललितपुरमा ५३ र भक्तपुरमा २५ जना सङ्क्रमित थपिए । त्यस्तै, १० वटा जिल्लामा ५०० भन्दा बढी सक्रिय सङ्क्रमित छन् ।

कोभिड प्रभावित पर्यटन क्षेत्रमा विशेष सापटी सेवा

नागरिक लगानी कोषले कोरोनाबाट अति प्रभावित पर्यटन उद्योगसँग सम्बद्ध–होटल, ट्राभल, टे«किङ तथा उडड्यन क्षेत्रमा कार्यरत कर्मचारीलाई राहत दिने भएको छ । कोषले ती क्षेत्रमा कार्यरत कर्मचारीले कोषबाट सञ्चालित कर्मचारी वचत बृद्धि स्वीकृत अवकाश कोष कार्यक्रममा सहभागी हुँदा मासिक रूपमा कट्टा गरेको रकम सापटी लिन चाहेमा सहभागीलाई थप ब्याज शुल्क नलिने भएको हो ।

कोषले आज एक विज्ञप्तिमार्फत विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ को सङ्क्रमणलाई मुलुकभित्र फैलिन नदिनका लागि निषेधाज्ञा गर्दा तुलनात्मक रूपमा बढि प्रभावित भएको भन्दै राहत दिने कार्यक्रम अगाडि सारिएको जनाएको हो । असमान्य परिस्थितिमा कोषका सहभागीलाई थोरै मात्रामा भएपनि राहत र सहयोग पु¥याउने उद्देश्यले यस्तो सुविधा उपलब्ध गराउन लागिएको विज्ञप्तिमा उल्लेख छ ।

कोभिड प्रभावित विशेष सापटी नाम दिइएको यस सुविधाअन्तर्गत सहभागीको खातामा जम्मा भएको रकमको ५० प्रतिशतसम्म सापटी लिन सकिने छ । यस्तो सुबिधा अति प्रभावित पर्यटन क्षेत्रसँग सम्वद्ध सहभागीलाई आगामी पुस मसान्तसम्म उपलब्ध गराइने छ भने उक्त सापटी रकम दुई वर्षभित्र फिर्ता गर्नुपर्ने व्यवस्था मिलाइएको उल्लेख छ ।


प्रतिक्रिया दिनुहोस