ताजा समाचार

आर्थिक अभावमा पत्रकार ध्रुव बीसी क्षेत्रीको उपचारमा समस्या (भिडियोसहित)

नेप्लिज संवाददाता २९ जेष्ठ २०७८, शनिबार २०:२४ (4 महिना अघि)    ४५५ जनाले पढ़िसके

काठमाण्डौ – अछामका पत्रकार ध्रुव बीसीको दुवै मृगौला फेल भएको छ । दुवै मृगौला फेल भएपछि बीसीले कलम नचलाएको ठ्याक्कै १ वर्षभन्दा धेरे भयो । पत्रकारिताको साढे एक दशक अर्थात १६ वर्षको यात्रामा बीसी धेरै आवाज विहीनहरुको आवाज बन्नुभयो ।

सुदुरपश्चिम जिल्लाको अछाम जिल्ला ढकारी गाउँपालिका ६ घर भई अहिले काठमाडौंमा उपचाररत ध्रुव बीसी अछाममा रहेको रेडियो सोसाइटी एफएमका कार्यकारी निर्देशक हुनुहुन्छ । काठमाण्डौमा रहेको नयाँ पत्रिका दैनिकका रिपोर्टसमेत रहनुभएका ध्रुव हिमालय टेलिभिजनमा पनि आवद्ध हुनुहुन्छ ।

आवाज विहीनहरुको आवाज बनेर आफ्नो कलममार्फत धेरैको सहयोगी बन्नुभएका ध्रुव अहिले आफैं सहयोगको याचना गरिरहनुभएको छ । स्वदेश र विदेशका अनेक उपचार विधिहरु प्रयोग गर्दासमेत स्वास्थ्यमा सुधार भएन । जे उपचार विधि गर्दासमेत स्वास्थ्यमा कुनै सुधार नआएपछि उहाँले अहिले मृगौला प्रत्यारोपणको तयारी गर्नुभएको छ ।
जसरी हुन्छ म बाँच्छु र बाँचेरै छाड्छु अनि समाज र देशका लागि केही गर्छु भनेर सपना बोकेर हिड्नुभएका ध्रुवको उपचारको क्रममा अहिलेसम्म १८ लाखभन्दा धेरै सकियो । त्यो पनि आफन्त र नजिकबाट साथ सहयोग र ऋण लिएर ।

आफू बाँचेर हजारौँ दुःखी पीडितहरुको आँशु पुछ्ने सपना देख्नुभएका ध्रुवले मृगौला प्रत्यारोपण गरेर आफू पहिलेकै अवस्थामा फर्किने साहस गरिरहनुभएको छ ।
तर, त्यसका लागि उहाँसँग अब न बेच्ने कुनै सम्पत्ती नै पर्याप्त छ, न त कतैबाट आउने बाटो नै छ । यस्तो अवस्थामा आफूलाई सक्दो धेरै सहयोग गरेर जीवन रक्षा गरिदिन उहाँ अपिल गर्नुहुन्छ ।

पत्रकार ध्रुव बिसीले कलममार्फत उतार्नुपर्ने धेरै कुराहरु आफ्नो डायरीमा नोटिस गरेर राख्नुभएको छ । त्यसलाई लिपिबद्ध गरेर लाखौँ दुखी गरीबहरुको आवाज बन्ने सपना उहाँमा छ । मान्छे बिरामी हुन्छन् र मर्छन्, उहाँलाई मर्नबाट त्यति धेरै चिन्ता छैन ।

तर, उहाँलाई एउटै मात्र चिन्ता छ, आफू बाँच्न सकिएन भने धेरै आवाज विहीनहरुको आवाज बन्द हुनेछ । आफूले डायरीमा नोटिस गरेर राखिएका धेरै विषयहरुलाई बाहिर ल्याउन सकिन्न कि भन्ने भयले हिजो पिरोल्न थालेको छ ध्रुवले ।

हो त्यसकै लागि आफू बाच्नुपर्ने र उपचारमा आवश्यक सहयोग गरिदन उहाँ आग्रह गर्नुहुन्छ ।

आफू बाँचेर हजारौँ÷लाखौँ व्यक्तिहरुको आवाज बन्ने अनि पत्रकारितामार्फत समाज र देशलाई सकेको योगदान गर्ने वचनबद्ध पत्रकार ध्रुव बिसीलाई अहिले तपाईहरुको सानो योगदानको खाँचो छ । भनिन्छ नि, एकले थुके सुकी, हजारौँले थुके नदी ।

तपाई हाम्रो स–साना सहयोगहरु बटुलेर पत्रकार ध्रुव बिसीलाई धेरै सहयोग जुटाउन सकिन्छ । कृपया आफूले जसरी सकिन्छ त्यसरी नै सहयोग गरेर पत्रकार ध्रुव बिसीको जीवन रक्षामा एउटा इट्टा थप्ने काम गरिदिनुहोला न है ।

पत्रकार ध्रुव बिसीबारे तयार पारिएको यो भिडियो हेर्नुहोस् ।

यो पनि पढ्नुहोस्

खोपका लागि बेलायत सरकारलाई पत्र पठाइने

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शेरबहादुर तामाङले कोभिड –१९ विरुद्धको ‘एस्ट्राजेनिका’ खोप उपलब्ध गराउन बेलायत सरकारलाई पत्र पठाउने तयारी गरिएको जानकारी दिनुभएको छ । सञ्चारकर्मीसंग आज कुराकानी गर्दै उहाँले नेपालका ज्येष्ठ नागरिकले खोप अभावका कारणले दोस्रो मात्राको खोप लगाउन नपाएको कुरा उल्लेख गदै पत्र पठाइने बताउनुभयो ।

“ पहिलो मात्रा लगाएर यहाँका ६५ वर्ष माथिका ज्येष्ठ नागरिकले खोप अभावको कारणले दोस्रो मात्राको खोप लगाउन पाएका छैनन् भनेर पत्रमा उल्लेख गर्ने छौ ” उहाँले भन्नुभयो “ ज्येष्ठ नागरिकको जीवनरक्षा गर्नका लागि समयमा नै दोस्रो मात्रा खोप लगाउन पर्ने भएकोले खोप उपलब्ध गराउन आग्रह गर्ने छौ ।” सरकारको आग्रहमा बेलायतले खोप चाँडै उपलब्ध गराउने विश्वास व्यक्त उहाँले गर्नुभयो ।

मन्त्रालयले भारतीय कम्पनी सिरम इन्स्टिच्युट र कोभ्याक्स सुबिधाले दुबैले तत्काल ‘कोभिशिल्ड’ खोप उपलब्ध नगराएपछि ‘कोभिशिल्ड’ बिकल्पमा जस्तै प्रकृतिको खोप ‘एस्ट्राजेनिका’ लगाउने निर्णय गरेको छ । खोपको पहिलो मात्रा लगाएका कम्तिमा १२ देखि १६ हप्ताभित्र दोस्रो मात्रा लगाउनुपर्ने हुन्छ । सरकारले कोभिशिल्ड र एस्ट्राजेनिका खोप एउटै कम्पनी र एउटै फर्मुलामा बनेकोले लगाउन केही फरक नपर्ने जनाएको छ ।

गत फागुन २३ देखि चैत १० गतेसम्म ६५ बर्ष माथिका उमेर समूहका करिव साढे १४ लाख व्यक्तिलाई ‘कोभिशिल्ड’ को पहिलो मात्रा लगाएको थियो । दोस्रो मात्राका लागि खोप नआएपछि अहिले त्यस्ता व्यक्तिले दोस्रो मात्रा लगाउन पाएका छैनन् ।

कोरोना सङ्क्रमित हुनेभन्दा मुक्त हुने धेरै

पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमित हुनेभन्दा निको हुने सङ्ख्या लगभग दोब्बर भएका छन् । सो अबधिमा तीन हजार ७५० सङ्क्रमित थपिएका थिए भने छ हजार २९५ ले सङ्क्रमणमुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १५ हजार १८२ नमूना परीक्षण गरिएको थियो । तीमध्ये नौ हजार ५९८ पिसिआर बिधिबाट र पाँच हजार ५८४ एन्टिजेन बिधिबाट परीक्षण गरिएको थियो ।

नेपाली सेनाले विभिन्न मितिमा गरेको शव व्यवस्थापनसहित ६७ जनाको मृत्यु भएको छ । यो विवरणसहित हालसम्म कूल आठ हजार ३०५ जनाको कोरोनाका कारण दुःखद निधन भएको छ ।

मन्त्रालयका अनुसार कूकल छ लाख चार हजार ३९६ जनाको कोरोना पोजेटिभ देखिएको छ । यस्तै, पाँच लाख २० हजार ८१६ जना निको भएका छन । निको हुने दर ८६.२ प्रतिशत रहेको छ ।

काठमाडौँ उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौँमा सक्रिय सङ्क्रमितको संख्या १० हजार ५१ जना रहेको छ । कूल एक लाख ८६ हजार २०३ निको भएका छन् भने एक हजार ७५० जनाको निधन भएको छ । भक्तपुरमा दुई हजार ९४६ जना सक्रिय सङ्क्रमित रहेकामा १८ हजार ४२ निको भएका छन् ।

यस्तै, ३४९ को मृत्यु भएको छ । ललितपुरमा कूल तीन हजार ९९४ जना सक्रिय संक्रमित रहेकामा ३१ हजार ३१२ जना निको भएका छन् । यस्तै, ५०५ जनाको निधन भएको छ ।

४५ जिल्लामा ५०० बढी सङ्क्रमित

मन्त्रालयका अनुसार ५०० भन्दा माथि उपचारार्थ सङ्क्रमित भएका जिल्लाको सङ्ख्या ४५ रहेको छ । प्रदेश नं १ को मोरङ, सुनसरी र झापामा ५०० बढी सङ्क्रमित रहेका छन् । प्रदेश नं २ को रौतटह, धनुषा, पर्सा, महोत्तरी, बारा, सप्तरी, सिरहा र सर्लाही रहेका छन् ।

वाग्मती प्रदेशको काठमाडौँ, भक्तपुर, ललितपुर, चितवन, काभे्रपलान्चोक, मकावानपुर, धादिङ, सिन्पाधुल्चोक, सिन्धुली, नुवाकोट, दोलखा र रामेछापमा ५०० बढी संक्रमित रहेको मन्त्रालयको भनाइ छ ।

गण्डकी प्रदेशका कास्की, गोरखा, नवलपरासी (पूर्व), तनहुँ र लमजुङ छन् । लुम्बिनी प्रदेशका दाङ, बाँके, रुपन्देही, पाल्पा, बदिृया, कपिलवस्तु, गुल्मी, नवलपरासी (पश्चिम) र रोल्पा , कर्णाली प्रदेशको सुर्खेत र दैलेख तथा सुदूरपश्चिम प्रूदेशको डेडेल्धुरा,कैलाली, कञ्चनपुर, बैतडी, अछाम र डोटीमा ५०० बढी संक्रमित रहेको मन्त्रालयको भनाइ छ ।

यस्तै, २०० भन्दा माथि उपचारार्थ सङ्क्रमति भएका जिल्लामा ताप्लेजुङ, उदयपुर, धनकुटा, संखुवासभा, खोटाङ र ओखलढ्ुंगा छन् । रसुवाm स्याङजा पर्वत, अर्घाखाँची, सल्यान, जाजरकोट, रुकुम पश्चिम र दार्चुलामा पनि २०० भन्दा माथि मात्रै सङ्क्रमित उपचारमा छन् ।

 


प्रतिक्रिया दिनुहोस