ताजा समाचार


रातारात नेपाली कांग्रेस पनि सरकारमा सहभागी, मध्यरातमा यि मन्त्रीहरुले गरे सपथग्रहण

नेप्लिज संवाददाता २७ जेष्ठ २०७८, बिहीबार ०६:०८ (1 महिना अघि)    २१२ जनाले पढ़िसके

काठमाडौं । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले मन्त्रिपरिषद्को विस्तार गरेका छन् । भौतिक पूर्वाधार विकास मन्त्रालयमा रामसरोज यादव ,  खानेपानी तथा उर्जा विकास मन्त्रालयमा ओमप्रकाश शर्मा र  महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्रालयमा वीरेन्द्रप्रसाद सिंहलाई मुख्यमन्त्री राउतले नियुक्त गरेका हुन् । ।

बुधबार साँझ नेपाली कांग्रेसबाट तीन जनालाई मुख्यमन्त्री राउतले मन्त्री नियुक्त गरेका हुन् । उनीहरुलाई प्रदेश प्रमुख राजेश झाले बुधबार राति नै शपथ ग्रहणसमेत गराएका छन् ।

जनता समाजवादी पार्टीका उपेन्द्र यादव समूहले सरकारबाट ठाकुर–महतो समूहका चारमन्त्री पदमुक्त गरेपछि मुख्यमन्त्री लालबाबु राउतले मन्त्रिपरिषद्‌मा बुधबार साँझ कांग्रेस सांसदहरुलाई सहभागी गराएका हुन् ।

यो पनि पढ्नुहोस्

प्रतिनिधिसभा विघटन विवाद: देउवा नेतृत्वको मुद्दा पहिला टुङ्ग्याइने

सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनसम्बन्धी रिट निवेदनमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा दायर गरेको रिट निवेदनमाथि पहिला सुनुवाइ गर्ने भएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा आनन्दमोहन भट्टराईको संवैधानिक इजलासले आज कांग्रेस सभापति देउवासहित १४६ जना संसदको रिट निवेदन पहिला सुनुवाइ गर्ने तय गरेको छ ।

रिट निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ताद्वय शम्भु थापा र महादेव यादवले वहसका क्रममा अदालतबाट अन्तरिम आदेशमार्फत देउवालाई प्रधानमन्त्रीका लागि बाटो खोल्नुपर्ने तर्क राखेका थिए ।

निवेदककै तर्फबाट बहस गर्दै अर्का वरिष्ठ अधिवक्ता महादेव यादवले राष्ट्रपतिले सरकार बनाउन नचाहेर प्रतिनिधि विघटन गरेको तर्क राखेका थिए ।

निवेदनकका तर्फबाट दुई वरिष्ठ अधिवक्ताको बसहपछि अदालतले पहिला शेरबहादुरसहित निर्वतमान सांसदको निवेदनमाथि सुनुवाइ गर्ने र बाँकीलाई त्यसैअनुरुप राख्ने आदेश जारी गरेको हो ।

निर्वतमान सांसदका विषयमा अदालतले छुट्टै आदेश जारी गरेको छ भने सो विवादका २९ वटा रिट निवेदनमा पनि कारण देखाउ आदेश नै जारी गरेको छ । अदालतले विभिन्न नौ मुद्दामा आदेश जारी गरेको छ । उक्त विवादमा आगामी असार ९ गतेबाट निरन्तर सुनुवाइ हुने तय भएको छ ।

सात दिनभित्र लिखित जवाफ पेश गर्नु

प्रतिनिधिसभा विघटनसम्बन्धी रिट निवेदन प्रारम्भिक सुनुवाइपछि आदेश प्राप्त भएको मितिले बाटोको म्यादबाहेक सात दिनभित्र सबै विपक्षीलाई लिखित पेस गर्न आदेश जारी गरेको छ । उक्त लिखित जवाफ प्राप्त भएपछि सबै प्रश्नहरुको निरुपण हुने हुनाले अन्तरिम आदेश जारी गर्न नपर्ने आदेशमा छ ।

एमिकस क्युरी माग
प्रतिनिधिसभा विघटनसम्बन्धी विवादमा संवैधानिक इजलासले अदालतको सहयोगी ९एमिकस क्युरी० माग गर्ने आदेश जारी गरेको छ । आदेशमा नेपाल बार एशोसिएसन र सर्वोच्च बार एशोसिएसनबाट दुई÷दुई जना वरिष्ठ अधिवक्ता उपलब्ध गराउन आदेशमा भनिएको छ ।

एमिकस क्युरीलगायत निवेदक तथा प्रत्यर्थीतर्फबाट सरकारी वकिलसहित कानून व्यवसायीहरुले आगामी असार १० गतेभित्र वहस नोट पेश गर्न समेत आदेशमा भनिएको छ ।

वहसका लागि तोकियो निश्चित समय
प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइका लागि वहस गर्न समय निर्धारण गरिएको छ । रिट निवेदकका कानून व्यवसायीका लागि बढीमा १२ घण्टा, बहसपछि प्रतिउत्तरका लागि तीन घण्टा गरी जम्मा १५ घण्टा दिने आदेशमा छ ।

सरकारी वकिलसहित सबै कानून व्यवसायीलाई कूल १५ घण्टा, एमिकस क्युरीका लागि जनही आधा घण्टाका दरले दुई घण्टा समय तोकिएको छ ।

कोभिड–१९ को महामारीलाई ध्यानमा राख्दै निवेदकका तर्फबाट एक पटकमा अधिकतम् पाँच जना, निवेदकका कानून व्यवसायी एक पटकमा बढीमा तीन जना, सरकारी वकिल बढीमा तीन जना इजलास कक्षमा प्रवेश गर्न सकिने व्यवस्था मिलाउन आदेशमा भनिएको छ ।

उक्त विवादमा ३० वटै रिट निवेदन परेका थिए । मन्त्रिपरिषद्को यही जेठ ८ को सिफारिसमा प्रतिनिधिसभा विघटन गरी आगामी कात्तिक २६ र मंसिर ३ गते मध्यावधि निर्वाचन तोक्ने गरी राष्ट्रपतिको जेठ ८ गतेको निर्णय बदर गरेर असंवैधानिक र गैरकानूनी घोषणा गर्ने माग ती निवेदनमा गरिएको छ ।

 


प्रतिक्रिया दिनुहोस