ताजा समाचार


अन्ततः फिनल्याण्डकी प्रधानमन्त्रीले फिर्ता गरिन् सरकारी पैसामा खाजा खाएकाे रकम

नेप्लिज संवाददाता १९ जेष्ठ २०७८, बुधबार ०६:०८ (1 महिना अघि)    ४०४ जनाले पढ़िसके

काठमाडौं । फिनल्याण्डकी प्रधानमन्त्री सन्ना मरिनले आफ्नो परिवारलाई करतादा सहुलियतमा आउने खाजाको पैसा तिर्ने भएकी छिन् ।

आफ्नो परिवारको सहुलियतको ब्रेकफस्टको पैसा १४ हजार यूरो राज्य कोषमा बुझाउने उनले बताएकी हुन् । डेढ वर्षअघि कार्यालय लिएपछि निवासमा आउने बिहानको खाजा र चिसो खानाको वापत सहुलियत पाएकी उनले आलोचनापछि सबै खर्च बेहोर्ने भएकी हुन् ।

खाना भत्ताको सम्बन्धमा खुला रुपमा प्रश्नहरु उठेपछि सहुलियत वापत उनले राज्यलाई रकम तिर्ने भएकी हुन् । उनले भनेकी छिन्, – ‘म सम्बन्धित खर्च आफैँ भुक्तान गर्नेछु ।’

मंगलबार उनले आफूले भविष्यमा पनि खाना भत्ता नलिने घोषणा गरेकी छन् । यस्तै उनले यस्ता खाना भत्ता कानून सम्मत छन् कि छैनन् भन्ने बारे छिट्टै निर्धारण गर्न र कर तिर्न लगाउन पनि अधिकारीहरुलाई बताएकी छन् ।

स्थानीय ट्याब्लोइड पत्रिका इलतालेतीले प्रकाशन गरेको रिपोर्ट अनुसार प्रधानमन्त्री सन्नाले केसारान्तास्थित कार्यालयको निवासमा रहँदा प्रतिमहिना ३०० यूरोका दरले बिहानको खानाको भत्ता सरकारसँग दावी गरेकी थिइन् ।

तर उनले प्रधानमन्त्रीको रुपमा आफूले कहिल्यै यस्तो दावी नगरेको र यस्तो निर्णय नगरेको प्रतिक्रिया दिएकी छन् । फिनल्याण्डमा असमानताको झिनो स्तरलाई यहाँको राष्ट्रिय गौरव मानिन्छ । साथै नेताहरुको सादा जीवनशैलीले यहाँको सुशासन सम्भव भएको बताइन्छ ।

२०१९ को डिसेम्बरमा अत्याधिक जनसमर्थनका साथ ३३ वर्षको उमेरमै प्रधानमन्त्रीमा नियुक्त हुँदा सन्ना मरिन विश्वकै सबैभन्दा कम उमेरकी प्रधानमन्त्री तथा कम उमेरकी महिला प्रधानमन्त्री थिइन् ।

यो पनि पढ्नुहोस्

सरकारी पैसामा खाजा खाएको आरोपमा फिनल्यान्डकी प्रधानमन्त्री मरिनमाथि अनुसन्धान सुरु

‘भियतनामी भेरिएन्ट हावाबाट पनि सर्न सक्ने’

भियतनाममा नयाँ प्रजातिको कोरोना भाइरस फेला परेको भियतनामी भीएन एक्सप्रेस नामक समाचार संस्थाले सरकारी अधिकारीलाई उद्धृत गरी आइतबार समाचार सम्प्रेषण गरेको छ ।

भियतनाममा विकसित भएको नयाँ प्रकारको कोरोना भाइरस बेलायती र भारतीय भेरिएन्ट मिलेर बनेको दावी गरिएको छ । यो नयाँ प्रजातिको भाइरस हावाबाट छिट्टै सर्नसक्ने अझ खतरनाक भाइरस भएको भियतनामी स्वास्थ्य अधिकारीले बताएका छन् ।

भियतनामका स्वास्थ्यमन्त्री नुगेन थानले यो भाइरस हावाबाट निकै छिटो सर्नसक्ने खालको रहेको बताए । नयाँ भेरिएन्टको जेनेटिक कोड भने सार्वजनिक गरिएको छैन ।

सन् २०१९ को अन्त्यमा चीनको वुहानमा पहिलो पटक पत्ता लागेको कोरोना भाइरस सुरु भएयता हजारौं पटक यो भाइरस परिवर्तन भई कहीँ कमजोर त कहीँ थप खतरनाकरूप लिएको छ ।

बेलायतका प्रधानमन्त्री जोन्सनको विवाह

बेलायतका प्रधानमन्त्री बोरिस जोन्सोनले शनिबार निजी कार्यक्रमबीच विवाह गरेका छन् । बेलायती अखबार सनले शनिबार प्रकाशित गरेको समाचार अनुसार उहाँले प्रेमिका क्यारी साइमन्ड्ससँग विवाह गरेका हुन् ।

उहाँहरु लामो समयदेखि प्रेममा रहेकाले अहिले विवाह बन्धनमा बाँधिनु भएको जनाइएको छ । उनीहरुले वेस्टमिनिष्टर गिर्जाघरमा अति थोरै व्यक्तिलाई आमन्त्रण गरी विवाह गर्नु भएको हो । वैवाहिक कार्यक्रममा ३० जना मात्रै सहभागी थिए ।

बेलायतमा कोरोनाभाइरसको महामारीका कारण यस्ता समारोहमा बढीमा ३० जना मात्रै सहभागी हुन पाउने व्यवस्था गरिएको छ ।

जोन्सन र साइमन्ड्सबाट यसअघि नै सन् २०२० को अप्रिल २९ मा एक सन्तान जन्मिसकेका छन् । बाबुआमाको विवाह समारोहमा छोरा विल्फ्रेडलाई पनि सहभागी गराइएको थियो ।

उहाँहरुको गत सन् २०१९ देखि नै प्रेम चलिरहेको समाचार यसअघि पनि प्रकाशित भएको थियो । प्रधानमन्त्री जोन्सन अहिले ५६ बर्षको हुनुभएको छ भने उहाँकी नयाँ श्रीमती ३३ वर्षकी भएको जनाइएको छ । जोन्सनको यो तेस्रो विवाह हो भने साइमन्ड्सको पहिलो ।


प्रतिक्रिया दिनुहोस