ताजा समाचार


अबदेखि एक दम्पत्तीले तीन बच्चासम्म जन्माउन पाउने नयाँ नीति सार्वजनिक

नेप्लिज संवाददाता १८ जेष्ठ २०७८, मंगलवार ०८:३३ (2 महिना अघि)    २०९ जनाले पढ़िसके

काठमाडौं । नेपालमा एक दम्पत्तीले कतिवटासम्म बच्च जन्माउन पाउने भन्ने त्यस्तो कुनै नियम छैन । आवश्यकता भन्दा धेरै बच्चा जन्माउँदा विभिन्न समस्या आउन सक्ने भनेर दुई सन्तान ईश्वरको बरदानको रुपमा व्याख्या त गरिएको छ, तर धेरै बच्चा जन्माउनेलाई यस्तो कारवाही हुन्छ भन्ने कुरा नेपालमा नीति, नियम र कानुनहरुमा उल्लेख गरिएको छैन ।

आज हामी छिमेकी देश चीनको कुरा गर्दै छौँ । चीनमा धेरै बच्चा जन्माउन मनाही छ । घट्दो जन्मदर र बढ्दो वृद्ध जनसङ्ख्यालाई नियन्त्रण गर्ने उद्देश्यले चीनले सबै चिनियाँ दम्पतीहरूलाई चाहेको खण्डमा तीन बच्चा जन्माउनसक्ने नीति सार्वजनिक गरेको छ ।

ई सन्तान मात्रै जन्माउन पाउने नियमलाई अन्त्य गर्दै चीनले अबदेखि एक दम्पतीले तीन जनासम्म बच्चा जन्माउन सक्ने घोषणा गरेको हो । यो नीतिलाई सोमबार बसेको चिनियाँ कम्युनिष्ट पार्टीको पोलिटब्यूरो बैठकमा राष्ट्रपति सी चिन्फिङले स्वीकृत गर्नुभएको छ ।

सन् २०२० को जनगणनाले चिनियाँहरूको बच्चा जन्माउन सक्ने प्रजनन् दरमा देखिएको ह्रासपछि चीन प्रशासनले तीन बच्चा नीतिलाई अघि सारेको हो ।

सो जनगणनाको नतिजाले चीन सरकारलाई जनसङ्ख्या घट्नबाट जोगाउन दम्पतीहरूलाई बढी बच्चा जन्माउन प्रेरित गर्नुपर्ने कार्यक्रम ल्याउन दबाब दिएको थियो ।

यस महिना जारी गरिएको एक दशकपछिको चीनको जनगणनामा गत वर्ष एक करोड २० लाख बच्चा जन्मेका देखाएको थियो जुन सन् २०१६ को (एक करोड ८० लाख० भन्दा कम हो । यो जन्मदर चीनले खाद्यान्न अभावको अधिक सङ्कट व्यहोरेको सन् २०६१ पछिको सबैभन्दा कम जन्मदर हो ।

चीनमा सन् १९८० देखि सन् २०१५ सम्म एक जोडीले एक बच्चामात्रै जन्माउन पाउने नीति थियो र सन् २०१६ को सुरुदेखि दुई बच्चासम्म जन्माउन पाउने व्यवस्था गरिएको थियो ।

चीनको सातौँ राष्ट्रिय जनगणना अनुसार चीनको जनसङ्ख्या विगत १० वर्षमा ५.३८ प्रतिशतले वृद्धि भएको देखाएको छ । सन् २०१७ मा जनसङ्ख्या वृद्धिमा टेवा पुर्‍याउन चीनले एक बच्चा–नीतिलाई सहज पार्दै एकै दम्पत्तीले चाहेमा दुई सन्तान जन्माउन सक्ने ब्यवस्था गरेको थियो ।

यसबाट पनि चिनियाँ जनसङ्ख्या समस्यालाई सम्बोधन गर्न नसकिएपछि सरकारले पछिल्लो निर्णय सार्वजनिक गरेको हो । सिन्हा

 


प्रतिक्रिया दिनुहोस