ताजा समाचार


अब कोरोना संक्रमितको पहिचान कुकुरलेसमेत पत्ता लगाउन सक्ने पुष्टि, अनुसन्धानकर्तालाई ९७ प्रतिशत सफलता

नेप्लिज संवाददाता १७ जेष्ठ २०७८, सोमबार ०६:२८ (2 महिना अघि)    १९१ जनाले पढ़िसके

काठमाडौं । कोरोना भाइरसको संक्रमणले विश्वभरलाई आक्रान्त बनाइरहेको साढे १ वर्षभन्दा धेरै भइसक्यो । यो अवधिमा अनुसन्धानले विभिन्न तथ्यहरु पत्ता लगाउने क्रम चलिरहेको छ ।

यसैक्रममा पछिल्लो अनुसन्धानले कोरोना संक्रमित व्यक्तिको पहिचान कुकुरबाटसमेत गर्न सकिने पुष्टि गरेको छ । बेलायतमा गरिएको एक अध्ययनले कोरोना भाइरस संक्रमणको पहिचान कुकुरले पनि गर्नसक्ने पुष्टि गरेको हो ।

अध्ययनका क्रममा ९७ प्रतिशत सफलता प्राप्त भएको अध्ययनमा संलग्न अनुसन्धानकर्ताहरुले दाबी गरेका छन् । युनिभर्सिटी अफ पेन्सिलभेनिया एण्ड कोलाबोरेटर्समा गत अप्रिलमा प्रकाशित जर्नलमा जनाइए अनुसार विशेष ट्रेनिङ प्राप्त ९ कुकुरहरुलाई यस अध्ययनमा सहभागी गराइएको थियो ।

जसमा ८ वटा लेब्राडोर रिट्रिभर र एउटा बेल्जियन मेलिनोइस प्रजातिका कुकुर थिए । कुकुरहरुले संक्रमित बिरामीको पिशाव सुँघेर पोजेटिभ या नेगेटिभ भन्ने छुट्याएका थिए । त्यसमा ९७ प्रतिशत नतिजा सही भएको विभिन्न अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।

रिपोर्टका अनुसार ६ वटा तालिमप्राप्त स्निफर कुकुरले कोरोना संक्रमित व्यक्तिहरुको गन्ध सुँघेर नमूना पहिचान गरेको थियो । त्यसको सत्यता प्रतिशत ९७.२ पोजेटिभ र नेगेटिभ ९२ प्रतिशत रहेको थियो ।

गत साता बेलायतको लण्डन स्कूल अफ हाइजीन एण्ड ट्रपिकल मेडिसिन एण्ड कोलाबोरेटर्सले झण्डै एक वर्षदेखि गरिरहेको अध्ययनको रिपोर्ट प्रकाशित गरेको थियो । एजेन्सीको सहयोगमा

यो पनि पढौं

‘भियतनामी भेरिएन्ट हावाबाट पनि सर्न सक्ने’

भियतनाममा नयाँ प्रजातिको कोरोना भाइरस फेला परेको भियतनामी भीएन एक्सप्रेस नामक समाचार संस्थाले सरकारी अधिकारीलाई उद्धृत गरी आइतबार समाचार सम्प्रेषण गरेको छ ।

भियतनाममा विकसित भएको नयाँ प्रकारको कोरोना भाइरस बेलायती र भारतीय भेरिएन्ट मिलेर बनेको दावी गरिउको छ । यो नयाँ प्रजातिको भाइरस हावाबाट छिट्टै सर्नसक्ने अझ खतरनाक भाइरस भएको भियतनामी स्वास्थ्य अधिकारीले बताएका छन् ।

भियतनामका स्वास्थ्यमन्त्री नुगेन थानले यो भाइरस हावाबाट निकै छिटो सर्नसक्ने खालको रहेको बताउनुभयो । नयाँ भेरिएन्टको जेनेटिक कोड भने सार्वजनिक गरिएको छैन ।

सन् २०१९ को अन्त्यमा चीनको वुहानमा पहिलो पटक पत्ता लागेको कोरोना भाइरस सुरु भएयता हजारौं पटक यो भाइरस परिवर्तन भई कहीँ कमजोर त कहीँ थप खतरनाकरूप लिएको छ ।


प्रतिक्रिया दिनुहोस