ताजा समाचार


१६ खर्ब ४७ अर्ब रुपैयाँभन्दा धेरैको बजेट सार्वजनिक, प्रधानमन्त्रीको गृहजिल्लामा सबैभन्दा धेरे कार्यक्रम

नेप्लिज संवाददाता १५ जेष्ठ २०७८, शनिबार १९:२६ (2 महिना अघि)    ११९ जनाले पढ़िसके

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७८÷७९ का लागि १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट ल्याएको छ । शनिबार अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट भाषणमार्फत आगामी आर्थिक बर्षका लागि १६ खर्ब बढीको बजेट सार्वजनिक गर्नुभएको हो ।

गत वर्षको बजेट १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँ थियो ।चालूतर्फ संघले खर्च गर्ने ६ खर्ब ७८ अर्ब ६१ करोड, पुँजीगततर्फ ३ खर्ब ४७ अर्ब २६ करोड रहेको छ ।

त्यस्तै वित्तीय व्यवस्थापनतर्फ २ खर्ब ७ अर्ब ९७ करोड र प्रदेश÷स्थानीयतहलाई वित्तीय हस्तान्तरणतर्फ ३ खर्ब ८६ अर्ब ७१ करोड रुपैयाँ रहेको अर्थमन्त्री पौडेलले जानकारी दिनुभयो ।

सरकारले आगामी आवमा राजस्व संकलनको लक्ष्यमा समेत वृद्धि गरेको छ । बजेटको स्रोत राजस्वबाट १० खर्ब २४ अर्ब ९० करोड, वैदेशिक अनुदानबाट ९३ अर्ब ३७ करोड, आन्तरिक ऋणबाट २ खर्ब ५० अर्ब र वैदेशिक ऋण ३ खर्ब ९ अर्ब २९ करोड संकलन गर्ने लक्ष्य राखिएको अर्थमन्त्री पौडेलले जानकारी दिनुभयो ।
त्यस्तै सरकारले बिभिन्न बस्तुको कर र राजस्वको दायरालाई परिमार्जन गरेको छ । सरकारले अध्यादेशमार्फत आगामी आर्थिक बर्षको बजेट ल्याएको हो ।

यसैबीच, प्रदेश १ का धेरै बजेट तथा कार्यक्रम झापामा केन्द्रीत देखिएको छ। अर्थमन्त्री विष्णु पौडेलले शनिबार प्रस्तुत गरेको बजेट बक्तब्यमा झापामा धेरै योजना देखिएका हुन् ।

झापाको दमकमा चिल्डेन प्याराडाईज पार्क निर्माण हुने,मेचिनगरमा कृषी थोक बजार बनाउने, झापाको चन्द्रडाँगी फर्मलाई नमुना फर्मको रुपमा अघि सारिने, झापाको दमकमा निर्माणधिन औद्योगिक क्षेत्र निर्माण दुई बर्षमा पुरा गरिने, दमकमै दुई बर्षमा मदन भण्डारी रंगशाला बनाइसक्ने, दमकमा ढल सुधार कार्यक्रम, झापाको दमकमा बहुतले बसपार्क निर्माणको लागि बजेट छुट्याएको छ । यस्तै झापाकै पानीट्यांकी, काँकडभिट्टा हुँदै चारआलीसम्म पेट्रोलियम पाईपलाईन बिछ्याई तिन बर्षमा संचालनमा ल्याईने भनिएको छ।

यस्तै, मोरङमा बाल सुधारगृह बन्ने भएको छ। सबै प्रदेशमा औद्योगिक कृषि भण्डार केन्द्र स्थापनाको काम शुरु गरिने , रंगेलीमा कृषि थोकबजार निर्माण गरिने बजेटमा उल्लेख गरिएको छ ।

त्यस्तै भोजपुरमा कागती खेती र सोलुखुम्बुमा ओखरखेती कार्यक्रमका लागि अनुदान दिईने भएको छ। बिराटनगरमा नमुना पशुपन्छि बधशाला स्थापना हुने बजेटले बोलेको छ।

झापामा सिचाई सुबिधाका लागि बिशेष कार्यक्रम, भद्रपुरमा नदी कटान नियन्त्रण, मावा खोला नदि नियन्त्रण, उदयपुरको गाइघाटमा कृषि भुमि कटान नियन्त्रणको काम गरिने बजेटमा उल्लेख गरिएको छ।

उदयपुरमा मौसमी राडार जडान गर्न बजेट बिनियोजन गरेको छ। हरेक प्रदेशमा भुमिबैंक संचालनमा ल्याईने भएको छ। सरकारले ईलामको माईपोखरी, सुनसरीको बर्जुतालको संरक्षण र सौन्दर्यकरण गरिने तथा बजेटमा उल्लेख गरिएको छ।

सुनसरीको अमडुवामा बिशेष आर्थिक क्षेत्रको रुपमा विकास गर्न अध्ययन गरिने र विराटनगरमा संचालति प्रदर्शनी स्थललाई स्तरोन्नती गर्ने भनिएको छ ।

मोरङ कारागारको स्तरोन्नती हुने छ । ओलाङचूंगोला र किमाथाङका नाकालाई ब्यवस्थित गर्ने भनिएको छ। ताप्लेजुङ सहितका १३ हिमाली जिल्लामा माध्यामिक तहमा छात्रा लक्षित आवासिय बिद्यालय संचालन गरिने बजेटमा उल्लेख गरिएको छ ।


प्रतिक्रिया दिनुहोस