ताजा समाचार


गायक रामकृष्ण ढकालले महाविर पुनलाई दिए १८ लाख रुपैयाँ

नेप्लिज संवाददाता ११ जेष्ठ २०७८, मंगलवार १७:३० (2 महिना अघि)    १७३ जनाले पढ़िसके

काठमाडौं । कोरोना संक्रमणको यो अवस्थामा नेपाली कलाकारहरुले विभिन्न माध्यमबाट सहयोग जुटाइरहेका छन् । नेपालमा निषेधाज्ञा घोषणा भएपछि अमेरिकामै रहेका चर्चित गायक रामकृष्ण ढकालले अमेरिकामै सहयोग संकलन अभियान थालेका छन् ।

उनले नेपालमा अक्सिजन लगायत अत्यावश्यक वस्तु खरिदका लागि संकलित १८ लाख रुपैयाँ रकम राष्ट्रिय अविष्कार केन्द्रका अध्यक्ष महाविर पुनको एकाउन्टमा जम्मा गरिदिएका छन् ।

सांगितिक कार्यक्रमका लागि अमेरिका पुगेका ढकाल नेपालमा निषेधााज्ञा लागु भएपछि उतै रोकिएका थिए ।

उनले भने – ‘म विनम्रतापूर्वक राख्न चाहन्छु कि एक नेपाली संगीत साधकका रूपमा आज मेरो जुन परिचय बनेको छ, त्यो सबै नेपाली दाजु–भाइ तथा दिदी–बहिनीको स्नेह, साथ र सद्भावकै कारण बनेको हो ।’

ढकालको अनुरोधमा अमेरिकामा रहेका नेपाली तथा नेपालभाषी भुटानीहरुले आर्थिक सहयोग गरेका थिए । पहिलो चरणमा जम्मा भएको १५ हजार २ सय ८८ डलर अर्थात १८ लाख रुपैयाँ वैज्ञानिक अभियान्ता महाविर पुनको राष्ट्रिय आविष्कार केन्द्रको नाममा हिमालयन बैंकको खाता ०१९०६३२२०६००१७ मा जम्मा गरिएको हो ।


प्रतिक्रिया दिनुहोस