ताजा समाचार


स्वयंवर सकिएपछि बेहुला बिहे स्थलबाट बेपत्ता, जन्ती आएको अर्को केटासँग बेहुलीको बिहे

नेप्लिज संवाददाता ११ जेष्ठ २०७८, मंगलवार १३:१७ (2 महिना अघि)    १७६ जनाले पढ़िसके

काठमाडौं । बेलाबेला निक्कै रमाईला घटनाहरु सुन्न पाईन्छ । त्यस्ता खबरहरु थाहा पाएर यस्तो पनि हुन्छ र ? भनेर अचम्मित बन्न पनि पाईन्छ ।

बेहुलो बेपत्ता भएपछि जन्ती आएको केटासँग बेहुलीले बिहे गरेको एउटा खबर छ । छिमेकी देश भारतको यो खबरले विश्वकै ध्यान तानिरहेको छ ।

बिहे समारोहबाटै बेहुला बेपत्ता भएपछि अप्ठेरोमा परेकी बेहुलीले जन्ती आएको एकजना युवकसँगै बिहे गरेकी छिन् । यो घटना भारतको उत्तरप्रदेशस्थित महाराजपुरमा भएको हो ।

उक्त बिहे समारोहमा स्वयंवरको कार्यक्रम सम्पन्न भैसकेर बिहेको बाँकी अनुष्ठान सुरु गर्ने तयारी भैरहेको थियो । तर एक्कासी बेहुला चाहीँ बिहे स्थलबाट बेपत्ता भए ।

बेहुला र बेहुली दुबै तर्फका परिवारजनले बेपत्ता बेहुलाको खोजी गरे । तर फेला पार्न सकेनन् । बेहुला के कारणले त्यहाँबाट भाग्यो भन्ने थाहा भएन । तर उनी बिहे नगर्ने सोँचले त्यहाँबाट भागेको ठहर गरियो । बिहेको मण्डपबाटै बेहुला भागेपछि बेहुली विचलित भइन् । दुबैतर्फका परिवारहरु के गर्ने ? के नगर्ने ? भन्ने अवस्थामा पुगे ।

त्यसपछि त्यहाँ उपस्थित जन्ती तथा बेहुली पक्षकाले समेत जन्ती आएकामध्ये उपयुक्त युवकसँग ती बेहुलीको बिहे गरिदिने निधो गरे । त्यसपछि जन्ती आएकामध्ये बिहेका लागि इच्छुक तथा उपयुक्त युवकको खोजी गरियो अनि दुबैतर्फका अभिभावकले छलफल गरे अनि बिहे गराइयो ।

जन्ती आएको केटासँग छोरीको बिहे गराएसँगै बेहुलीका बुवाले भगौडा बेहुला र उसको परिवार विरुद्ध कारवाहीका लागि पुलिसमा मुद्दा दायर गरेका छन् ।

भगौडा बेहुलाका बुवाले पनि आफ्नो छोरा खोजीपाउँ भनी पुलिसमा निवेदन दिएका भारतका विभिन्न संचारमाध्यमले खबर लेखेका छन् । एजेन्सीको सहयोगमा ।

 


प्रतिक्रिया दिनुहोस