ताजा समाचार

गर्भवती प्रियंकालाई आयुष्मानले के गरे यस्तो ? (भिडियोसहित)

नेप्लिज संवाददाता ११ जेष्ठ २०७८, मंगलवार ०७:२७ (4 महिना अघि)    ४०३ जनाले पढ़िसके

काठमाडौं । नेपाली चलचित्र क्षेत्रको निक्कै नै चर्चित नायिका प्रियंका कार्की यतिबेला गर्भवती छिन् । प्राय नायिका प्रियंकाका गतिबिधि सामाजिक सञ्जालमा निकै चर्चामा आउछन् । उनले सेयर गर्ने तस्बिरहरु सामाजिक सञ्जालमा निकै ट्रोल पनि बन्ने गर्छन् ।

आफ्ना फ्यानका लागी प्रियंका र उनका श्रीमान नायक आयुष्मान देशराज जोशीले आफूहरु गर्भवती भएको भन्दै सामाजिक सञ्जालमा एक तस्बिर सेयर गरे । जुन तस्बिर निकै चर्चामा रह्यो ।

पछिल्लो समय प्रियंकाका सबैजसो तस्बिरले सामाजिक सञ्जालमा तहल्का नै मच्चाइरहेका छन् ।

पछि पेटमा रहेको बच्चा लाई जुस खुवाउन खोजेको दृश्य ट्रोल पनि बन्यो । प्रियंकाले हलिउड बलिउडमा हुने गतिबिधिलाई फ्लो गर्दै पनि आएकी छिन् । यसैबिच अहिले प्रियंका र आयुष्मानले आफ्ना बिभिन्न गतिबिधिहरु युट्युवमा अपलोड गर्दै आएका छन् ।

ब्लग बनाएर दुबैजनाले कम्तिमा एक साताको अन्तरमा भिडियो अपलोड गर्दै आएका छन् । यसैबिच आयुष्मानले एकदिन अघि एक भिडियो बनाएर अपलोड गरेका छन् जुन युट्युवमा एकैदिन झण्डै ६ लाखले हेरेका छन् ।

हेर्नुहोस् भिडियोमा

 


प्रतिक्रिया दिनुहोस