ताजा समाचार


स्पानिस ला लिगाको उपाधि एट्लेटिको मड्रिडलाई

नेप्लिज संवाददाता ९ जेष्ठ २०७८, आईतवार ०६:४८ (2 महिना अघि)    ३३४ जनाले पढ़िसके

काठमाडौं । स्पानिस ला लिगाको उपाधि एट्लेटिको मड्रिडले जितेको छ । रियल भाल्लाडोलिडलाई २–१ गोलले पराजित गर्दै एट्लेटिको ७ वर्षपछि च्याम्पियन बनेको हो ।

एट्लेटिकोलाई उपाधि जिताउन यसै सिजन बार्सिलोनाबाट आएका लुइस सुआरेजले निर्णायक गोल गरे भने सुआरेजले ६७औं मिनेटमा गोल गरेका थिए ।

त्यसअई ओस्कार प्लानोले १८औं मिनेटमा गोल गर्दै घरेलु टोली भाल्लाडोलिडलाई अग्रता दिलाएपनि ५७औं मिनेटमा एन्जल कोरेअले एट्लेटिकोका लागि बराबरी गोल फर्काएका थिए ।

अर्को खेलमा दोस्रो स्थानको रियल मड्रिडले भियारियल विरुद्ध २(१ कै पुनरागमन जित हात पारेपनि उपाधि रक्षा गर्न सकेन ।

एट्लेटिकोले ३८ खेलबाट ८६ अंक जोड्दा रियलले ८४ अंक जोड्यो । एट्लेटिकोले ११औं पटक ला लिगा उपाधि जितेको हो । रियलले भने २००९१० पछि यस सिजन कुनै पनि ट्रफी जित सकेन ।

यसअघि नै उपाधि हवडबाट बाहिरिएको बार्सिलोनाले अन्तिम खेलमा आइबरलाई १(० ले पराजित गर्दै तेस्रो स्थानमा लिग सकाएको छ । एट्लेटिकाेकाे समग्रमा याे ११ औ उपाधि हाे ।

 


प्रतिक्रिया दिनुहोस