ताजा समाचार

चर्चित बाल गायिका नविनाको पहिलो गीत सार्वजनिक (हेर्नुहोस् भिडियोमा)

नेप्लिज संवाददाता ६ जेष्ठ २०७८, बिहीबार १३:५९ (5 महिना अघि)    ३६० जनाले पढ़िसके

काठमाडौं । ईन्द्रेणीकी चर्चित बाल गायिका नविना केसीको पहिलो गित ‘खुसी गुमेको’ सार्वजानिक भएको छ ।

पश्चिम रुकुमको बाफिकोट गाउँपालिकामा जन्मिएकी ११ बर्षकी केसी पछिल्लो समयकी चर्चित बाल गायिका हुन् ।

३ वर्षकै उमेरमा वावु गुमाएकी केसीको वास्तविक जीवनमा आधारित यो गीत साँच्चै मर्मस्पर्शी बनेको छ ।

गीतमा गायक दिपेन्द्र पौडेल र चक्र अभवरलकोसमेत आवाज रहेको छ । गीतको शब्द पनि दिपेन्द्र पौडेलले नै लेखेका हुन् भने संगित चक्र अविरलको रहेको छ ।

गीतको एरेन्ज यम थापा मगरले गरेका हुन् भने म्युजिक भिडियोको निर्देशन चर्चित निर्देशक प्रियजन राईले गरेका छन् ।

गीतमा टिका श्रेष्ठ, सन्चिता गुरुङ, प्रकाश बराईली, सृजना लम्साललगायत कलाकारले अभिनय गरेका छन् ।

अहिलेका बाल प्रतिभामध्ये सबै भन्दा उत्कृष्ठ प्रतिभाको उपाधि पाईसकेकी नविनाको आवाजमा एक किसीमको जादु नै छ ।

लेकबेशी खबरको युटुव च्यानलमार्फत सार्वजानिक भएको गीतको सम्पुर्ण पक्ष एकदमै सबल रहेको र गीतले कुन बेला रुवाईदियो पत्तो समेत नभएको दर्शकहरुले प्रतिक्रिया दिएका छन् ।

पछिल्लो समय सार्वजनिक भएका वियोगान्त गीतहरुमध्ये यो गित यो वर्षकै उत्कृष्ठ गित बनेको प्रतिकृयाहरु समेत आउन थालेको छ ।

हेर्नुहोस् बाल गायिका नविनाको आवाजमा रहेको गीत


प्रतिक्रिया दिनुहोस