ताजा समाचार


इन्स्टाग्राम प्रयोगकर्ताका लागि खुसीको खबर

नेप्लिज संवाददाता ३ जेष्ठ २०७८, सोमबार १४:४४ (2 महिना अघि)    १७९ जनाले पढ़िसके

काठमाडौं । इन्स्टाग्राम प्रयोगकर्ताका लागि खुसीको खबर छ । फोटो शेयरिङ एप इन्स्टाग्राम सुरुवातदेखि नै मोबाइल फोन केन्द्रित एपको रुपमा रहेको थियो । यद्यपि फेसबुक स्वामित्वको यो सोसल मिडिया प्लाटफर्मले आफ्नो दायरा विस्तार गर्दै डेस्कटपमा समेत उपलब्ध हुने भएको छ ।

समाचारमा जनाइए अनुसार निकट भविष्यमै इन्स्टाग्राम प्रयोगकर्ताले डेस्कटपमा वेब पेजबाटै सामाग्रीहरु पोस्ट गर्न सक्नेछन् ।

लोकप्रिय फोटो तथा भिडियो शेयरिंग प्लाटफर्म इन्स्टाग्रामका प्रयोगकर्ताहरुका लागि यो डेस्कटपबाटै इन्स्टाग्राम चलाउन सकिने नयाँ फिचर निकै उपयोगी हुने अपेक्षा गरिएको छ ।

हालसम्म प्रयोगकर्ताले इन्स्टाग्रामको मोबाइल एप तथा मोबाइलको वेब भर्सनबाट मात्र आफ्नो फिडमा पोस्ट गर्न पाउँदछन् ।

अलेसान्द्रो पालुज्जीले गरेको ट्वीटमा राखेका तस्वीरहरुबाट पनि प्रष्ट हुन्छ कि डेस्कटप भर्सनमा इन्स्टाग्रामको पूर्ण इन्टरफेस रहनेछ र त्यसमा प्रयोगकर्ताले आफ्नो अकाउन्टको फिडमा नयाँ पोस्ट गर्न तथा इडिट गर्न सक्नेछन् ।

साथै नयाँ फिचर सहितको डेस्कटप भर्सनको डिजाइन भाषा पनि मोबाइल एप भर्सनकै जस्तो हुने देखिएको छ ।


प्रतिक्रिया दिनुहोस