ताजा समाचार


खनाल–नेपाल समूहको फेरि घुर्की – दिउँसो साढे ४ बजेसम्म माग पुरा नभए सामूहिक राजीनामा दिन्छाैं

नेप्लिज संवाददाता ३० बैशाख २०७८, बिहीबार १३:२५ (1 महिना अघि)    ११० जनाले पढ़िसके

काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा अओलीलाई खनाल–नेपाल समूहले ढे ४ बजेसम्मको अल्टिमेटम दिएको छ ।

आफ्ना माग पूरा गर्न अध्यक्ष केपी शर्मा ओलीलाई बिहीबार साढे ४ बजेसम्मको अल्टिमेटम दिएको हो ।

आफूहरुका माग पूरा गर्न ओलीलाई बिहीबार साढे ४ बजेसम्मको समय दिएको र माग पुरा नभए राजीनामा दिने खनाल–नेपाल समूहका नेता भीम रावलले बताए ।

आफूहरु नवौं महाधिवेशनको निर्णय बमोजिम केन्द्रीय कमिटी र अरु सबै संरचना यथावत हुनुपर्छ भनेर भनिरहेको भन्दै उनले त्यसो नभए राजीनामा दिने बताए ।

वरिष्ठ नेता माधवकुमार नेपाल र केपी ओलीको बीच वार्ता हुने तय भएको र वार्ता हुन राम्रै कुरा भए पनि माग पुरा हुनुपर्ने बताए ।


प्रतिक्रिया दिनुहोस