ताजा समाचार


वरिष्ठ संक्रामक रोग विशेषज्ञ भन्छन् – महामारीबाट उम्कन निक्कै समय लाग्ने देखियो

नेप्लिज संवाददाता ३० बैशाख २०७८, बिहीबार ०८:४६ (1 महिना अघि)    ११३ जनाले पढ़िसके

काठमाडौ । अमेरिकाका वरिष्ठ संक्रामक रोग विशेषज्ञ चिकित्सक एन्थोनी फाउचीले भारतले कोरोना महामारीको अवस्थालाई गलत पूर्वानुमान गरेकोले अहिलेको नियति भोगिरेहेको बताएका छन् ।

अहिले भारत महामारीको खतरनाक भूमरीमा परेको भन्दै उनले यसबाट उम्कन निकै समय लाग्ने बताए ।

महामारीकाबीच पनि संक्रमण समाप्त भएको भन्दै बन्द गरिएका क्षेत्रहरु पुन सुचारु गरेका कारण अहिलेको भयावह अबस्था आएको भोग्नु परेको डा फाउचीको भनाइ छ ।

भारतमा कोरोनाको दोस्रो लहर सुरु भएसँगै स्वास्थ्य संकट उत्कर्षमा पुगेको छ ।

संक्रमितको उपचारको लागि अक्सिजनलगायत स्वास्थ्य उपकरणको अभाव यथावत छ । यसैबीच भारतमा कोरोनाका संक्रमित बढेसंगै वैज्ञानिक अनुसन्धानमा थप सक्रियता बढाइएको छ ।

भारतमा फेला परेको कोरोना भाइरसको नयाँ भेरिएन्ट सजिलोसंग फैलन सक्ने भन्दै वैज्ञानिकहरुले अनुसन्धानमा थप सक्रियता बढाएका हुन् ।

काेराेनाबाट प्रभावित धेरै राज्य र शहरमा निषेधाज्ञा, लकडाउन र प्रतिबन्धहरु घोषणा गरिएसँगै संक्रमितको संख्या घट्न थालेको अनुमान गरिए पनि देशका सबैजसो भागका स्वास्थ्य संस्थाले गम्भीर संकटकाे सामना गर्नु परिरहेको छ।

भारतीय सञ्चार माध्यमहरुले देशका विभिन्न भागमा मानिसहरु अक्सिजन, औषधि, बेड र अस्पतालमा भर्ना हुन नपाएर बाटामै मानिसको मृत्यु भएका दर्दनाक तस्वीर र भिडियो प्रकाशन प्रशारण गरिरहेका छन्।

भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले विगत २४ घण्टामा तीन लाख ४८ हजार जना नयाँ संक्रमित थपिएको जनाएको छ। योसहित भारतमा हालसम्म कूल संक्रमितको संख्या दुई करोड ३३ लाख ४० हजार पुगेको छ।

यसैबीच, २४ घण्टामा थप ४ हजार २०५ जनाको मृत्यु भएको छ। यो सहित भारतमा कोरोनाभाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या दुई लाख ५४ हजार १९७ जना पुगेको मन्त्रालयले जनाएको छ।


प्रतिक्रिया दिनुहोस