ताजा समाचार


कोरोना संक्रमणबाट नायिका श्वेताको श्रीमानको ज्यान गयो

नेप्लिज संवाददाता ३० बैशाख २०७८, बिहीबार ०७:४१ (1 महिना अघि)    १०० जनाले पढ़िसके

काठमाडौं । नायिका श्वेता भट्टराइको श्रीमान मिलन सापकोटाको कोरोना संक्रमणबाट ज्यान गएको छ । चलचित्र ‘रिदम, ब्ल्याकमेल, प्रोड्यूसर’ लगायतका चलचित्रमा मुख्य भूमिका निर्वाह गरेकी स्वेताका श्रीमान् सापकोटाको कोरोनाका कारण उपचारका क्रममा मंगलबार काठमाडौंको एक अस्पतालमा निधन भएको हो ।

उनलाई केही दिन अगाडि कोरोना संक्रमण पुष्टी भएको थियो । शरीरमा अक्सिजनको कम भएपछि अस्पताल भर्ना गरिएको थियो । मिलन र स्वेताले ७ बर्ष अगाडि प्रेम विवाह गरेका थिए ।

उनीहरुको एक सन्तान पनि छन् । चलचित्रमा काम गर्दा गर्दै बैबाहिक जीवनमा बाँधिएपछि स्वेता चलचित्र क्षेत्रबाट टाढा भएकी थिइन् । राजधानी दैनिकबाट ।


प्रतिक्रिया दिनुहोस