ताजा समाचार


आँखाभरीआँसु लिदै भनिन्– निउरो पनि बिकेन घरमा खानेकुरा केहि छैन

नेप्लिज संवाददाता ३० बैशाख २०७८, बिहीबार ०५:३६ (1 महिना अघि)    १३४ जनाले पढ़िसके

काठमाडौं । कोरोना भाइरसको संक्रमणले नेपालसहित विश्वभर नै आक्रान्त बनाइरहेको छ । यो समयमा केही जिल्लाबाहेक सबै जिल्लामा निषेधाज्ञा लगाइएको छ । निषेधाज्ञाका कारण ज्याला मजदुरी गर्नेहरुका लागि निक्कै समस्या भइरहेको छ ।

सबैभन्दा धेरै पीडा उसलाई छ जो दिनभरि मजदुर गरी बिहान र बेलुकाको छाक टार्छ । न त बैंकमा खाता छ, नत खातामा पैसा नै जे छ त्यो हो दिनभरिको काम अनि साझ माम।

हुन त संसारभर नै फैलिएको कोरोना भाइरस कुनै मानिसले गरेको काम हैन तर पनि गरिबीको रुखमुनि बसेका हरुलाई त यतिबेला न मर्न न बाँच्न भएको छ।

कतिले त आत्महत्या पनि गरिसकेका छन्। अहिलेको यो महामारीले सबैलाई दुखी बनाएको छ तर पनि नीबेक गरी खाने परिवारलाई त झनै पीडा दिएको छ यो कोरोनाले। नेपाल सरकारले अति विपन्न परिवारलाई राहत पनि वितरण गरेको थियो। तर पनि कतिदिन सम्म पाल्छ र सरकारले ?

एउटा यस्तै गरिबी परिवारकी एक महिला आमाको आँखामा आँसु आउँदा मन थाम्न सकेनन् प्रहरी बलका एक कर्मचारीले।

हेटौडामा डिउटीमा रहेका प्रहरीको काम थियो खाद्यान्न बाहेकको पसल बन्द गराउने तर बाटोमा जाँदै गर्दा एउटी महिलाले सुपोमा निउरो बेच्दै गरेको देखेपछि उनलाई यहाँबाट हट्नुस भन्दा आँखाभरि आँसु लिँदै भनिन् अरु ठाउँमा बिक्दैन सर, यहाँ अलि अलि मान्छे आउँदा रहेछन्, यो नीउरो बिक्यो भने साझ घरमा चामल किनेर लानुपर्छ।

हिजो दिनभरि सबै परिवार जंगलमा गएर खोजेर ल्याएको हो सर, घर पनि टाढा छ, यहाँबाट डेड घण्टा लाग्छ घर जान।

यो आज बिकेन भने घरमा सबै भोकै हुन्छन्।यति भनेपछि डिउटीमा खटिनु भएका प्रहरीको आवाज नै बन्द भो, उहाँ स्तब्ध हुनुभो के गर्ने डिउटीमा खटिएका प्रहरीले उहाँले त्यी महिलालाई त्यहाँबाट हटाउन सक्नु भएन।

बिचरा त्यी महिलाको अनुहारमा निकै दुःखको आँसु आइरहेको थियो। यस्तो हाल भएको छ यहाँ हाम्रा नेपालीहरूको।

सरकार कोरोना रोकथाम भन्दै बसेको छ। अनि ठूला बडालाई कुनै फरक परेको छैन, तर बिचरा यी महिलालाई कति पीडा परेको होला । त्यस्ता दुःख पाएका कति होलान् यहाँ अहिले समयमा। कोही छैन आज दुःखको सहारा ।


प्रतिक्रिया दिनुहोस