ताजा समाचार


बहराइनका राजकुमारले गरे सगरमाथाको सफल आरोहण

नेप्लिज संवाददाता २८ बैशाख २०७८, मंगलवार ०७:०७ (1 महिना अघि)    १२८ जनाले पढ़िसके

काठमाडौं । बहराइनका राजकुमार सहितको टोलीले सगरमाथाको सफल आरोहण गरेको छ । उनीहरुले बिहान ६ बजेर ४० मिनेटमा सफल आरोहण गरेको पर्यटन विभागकी निर्देशक मीरा आचार्यले जानकारी दिइन् ।

यस वर्षको पर्वतारोहणका भीआइपी आरोहीको रुपमा वहराइनका राजकुमार मोहम्मद हामद मोहम्मद अल खलिफाको टोलीले सगरमाथि आरोहण गर्ने अनुमति पाएको थियो ।

। सेभेन समिट ट्रेकले राजकुमारको टोलीलाई आरोहण सम्पन्न गराउने गरी आरोहणको व्यवस्थापन गरेको छ । गत वर्ष मात्र खालिफाले लबुचे पिक र मनास्लु हिमालको सफल आरोहण सम्पन्न गरेको थियो ।

समुद्री सतहमा वसोवास गर्ने खलिफा पर्वतारोहण गर्न रुचाउने भएकाले गत वर्षको हिउँदमा लकडाउनकै बीचमा आएर हिमाल आरोहण सम्पन्न गरी फर्किएका थिए ।

यस वर्ष ४४ आरोहणदलबाट ४०८ जना आरोहीले सगरमाथा आरोहण अनुमती लिएका थिए । पर्यटन विभागका अनुसार सगरमाथा आरोहण गर्ने यो आरोहीको संख्या हालसम्मकै उच्च हो ।

आरोही मध्ये ३१५ जना पुरुष, ९२ जना महिला र एक जना तेस्रो लिंगी छन । सगरमाथाबाट मात्र यो सिजनमा ४९ करोड ६१ लाख ३१ हजार ७८७ रुपैयाँ राजश्व संकलन भएको विभागको तथ्याङक छ ।


प्रतिक्रिया दिनुहोस