ताजा समाचार


यस्ता छन् आमासम्बन्धी प्रेरक भनाईहरु, एकचोटी पढेर मनन गरौँ

नेप्लिज संवाददाता २८ बैशाख २०७८, मंगलवार ०५:४८ (1 महिना अघि)    १३१ जनाले पढ़िसके

काठमाडौं । आमा बिना घर पनि घर जस्तो लाग्दैन । कुनैदिन आमा कतै जानुभयो भने पनि घर सुनसान लाग्ने गर्दछ । आमा हुदा घर पनि झलमल्ल हुने गर्दछ । आमाको काखमा निदाउनुको स्वर्गीय आनन्द खोजेर पनि कतै भेटिन्न । आमाले हरेक पीडालाई सहेर हामीलाई हुर्काउनुहुन्छ । आउनुहोस् आज आमाको बारेमा केहि मिठा भनाईहरु जानौँः

१) जीवनमा यति कुरा भगवान संग माग्नु कि आमा बिनाको घर नहोस र कुनै आमा बेघर नहोस ।

२) म र्नको लागी त धेरै बाटोहरु छन् तर जन्म लिनको लागी एउटा मात्र बाटो छ, त्यो हो आमा ।

३) आमाको काखमा जुन आनन्द र हासोमा जुन खुसी झल्किन्छ, त्यसको अगाडी स्वर्ग पनि फिक्का पर्छ ।

४) आज र अहिले बाटै जति सक्नुहुन्छ आफ्नो आमालाई धेरै भन्दा धेरै समय दिनुहोस् किनकि दुनियामा यस्ता मान्छेहरु पनि छन् जो संग आमा छ उ सग समय छैन र जो सग समय छ उ सग आमा छैन

५। आमा चाहे पढेको होस् वा अनपढ होस् तर संसारको सबैभन्दा बहुमुल्य ज्ञान आमा बाटै प्राप्त हुने गर्दछ ।

६) म रातभर स्वर्गको आनन्द उठाईरहे, जब निन्द्रा बाट ब्युजिए तब थाहा भयो म त आमाको अंगालोमा निदाएको रहेछु ।

७) माथि जसको कहिल्यै अन्त्य हुदैन त्यसलाई परमात्मा भनिन्छ र तल जसको अन्त्य हुदैन उसलाई आमा भनिन्छ ।

८) तपाईलाई थाहा छ कि प्रेम अन्धो किन हुन्छ किनकि तपाईको आमाले तपाईलाई देख्नु भन्दा पहिल्यै प्रेम गर्न सुरु गरेकी थिइन् ।

९) हजारौ दियो चाहिन्छ एउटा आरती सजाउनको लागी, हजारौ खरबौ थोपा चाहिन्छ एउटा समुन्द्र बन्नको लागी तर एउटी आमा मात्र काफी छिन् हाम्रो जीवनमा माया भर्नाको लागी ।

१०) हरेक सम्बन्ध बनावटी देखे, स्वार्थ, रिस(राग, बदला र धोकाधडी देखे तर बर्षौ देखि हेरिरहेको छु मेरी आमालाई, नत मायामा बनावटी पाए न त्यस मायामा कुनै कमी पाए ।

११) तिम्रो लागी यो दुनिया त छोडी दिउला तर उसलाई के जवाफ दिउ जो हरेक दिन ढोकामा उभिएर भन्छिन्, “छोरा घर छिटै आइज है” भनेर ।

१२। आज रातभर आमा सुत्नुभएको छैन बस मैले यति भनेको थिए कि आमा मलाई डर लागेको छ ।

१३) मैले आमाको काधमा शिर राखेर सोधे, आमा मलाई कहिलेसम्म यसैगरी आफ्नो काधमा सुत्न दिनुहुन्छ ? तब आमाले भन्नुभयो, छोरा जबसम्म तैले मलाई आफ्नो काधमा उठाउदैनस तबसम्म ।

१४) आमाले सबैको ठाउ लिन सक्छिन् तर एउटी आमाको ठाउँ कसैले लिन सक्दैन ।


प्रतिक्रिया दिनुहोस