ताजा समाचार


यि हुन् आफू कोरोना संक्रमित हुँदासमेत बिरामीको सेवामा खटिएकी भेरी अस्पतालकी नर्स (भिडियोसहित)

नेप्लिज संवाददाता २४ बैशाख २०७८, शुक्रबार १६:४२ (2 महिना अघि)    १५३ जनाले पढ़िसके

काठमाडौं । बाँकेको नेपालगन्जस्थित भेरी अस्पतालको कोभिड आइसोलेशन वार्डमा काम गर्ने २४ वर्षीया नर्स कमला नेपालीलाई दोस्रो पटक कोभिड–१९ भयो।
तर पनि उनले कोभिडका बिरामीहरूको रेखदेख गर्न छाडेकी छैनन्।

आफ्नो पीडा आफैँसँग लुकाएर बिरामीहरूलाई निको भन्ने आफ्नो चाहना रहेको उनले बताएकी छिन् । अस्पतालबाट बचाएर घर पुर्‍याउन पाऊँ भनेर आफूले निरन्तर काम गरिरहेको उनले बताएकी छिन् ।

उनलाई अस्पतालले छुट्टै बस्न क्याबिन दिए पनि बिरामीलाई आवश्यक देखेर स्वेच्छाले सेवा गरेको उनले बीबीसी न्यूज नेपालीलाई बताएकी छिन् ।

सङ्क्रामक रोग विशेषज्ञ डा शेरबहादुर पुन एक सङ्क्रमितले अर्को सङ्क्रमितलाई हेरचाह गर्दा जोखिम नहुने बताउँछन् ।

हेर्नुहोस् उनीसँग बीबीसीका लागि सृजना श्रेष्ठले कुराकानी गरेर बनाएको यो भिडियो।


प्रतिक्रिया दिनुहोस