ताजा समाचार


प्रियंकाको मस्ती तस्बिर सार्वजनिक

नेप्लिज संवाददाता १४ बैशाख २०७८, मंगलवार २०:१५ (3 महिना अघि)    २७३ जनाले पढ़िसके

काठमाडौं । नायिका प्रियंका कार्की गर्भवती भएको खबर केहि दिन अघि सार्वजनिक भएको थियो । प्रियंका र उनका श्रीमान् आयुष्मान जोशीले यो खबर शुक्रबार साँझ इन्स्टाग्राममार्फत् सार्वजनिक गरेका थिए ।

श्रीमानसँगको तस्बिर साझा गर्दै प्रियंकाले लेखेकी छिन्, ‘अब तपाईं मलाई सोध्न छोड्नुहोस्, हो हामी गर्भवती भएका छौं ।’ केही समय अघिदेखि प्रियंका कार्की गर्भवती भएकी हुन् कि भनेर धेरैले अडकलबाजी गरिरहेका थिए ।

अभिनेत्री प्रियंका कार्की आमा बन्ने भएकी छन् । केही समय अघिदेखि सामाजिक सञ्जालमा उनी गर्भवती छन् कि भन्ने विषयमा चर्चा चलेको थियो ।

उनका शुभचिन्तक तथा फ्यानहरूले उनी सामाजिक सञ्जालमा सक्रिय नदेखिएको र पोस्ट गरिएका फोटोमा मोटाएको देखिएको जस्ता कुरालाई आधार बनाएर प्रियंका गर्भवती भएको हो कि १ भन्ने अड्कल काटेका थिए ।

अब प्रियंकाले खुलस्त रूपमा आफू गर्भवती भएको स्वीकारेकी छन् । नायिका प्रियंका कार्कीले अभिनय गरेको चलचित्र ‘लक्का जवान’ रिलिजको क्रममा छ ।

 

यो चलचित्र बाहेक उनलाई लकडाउनपछि कुनै पनि चलचित्रको अफर गएको छैन । तर, पनि प्रियंका मिडियाको लाइमलाइटमा भने सधै रहिरहन्छिन् ।

उनै, नायिका आफ्नो जन्मदिन र बिहेको पहिलो उत्सव मनाउन आयुष्मान देशराज जोशीसँग माल्दिभ्समा पुगेका थिए । माल्दिभ्समा पुगेकी नायिका कार्की उक्त समय चर्चामा रहिन् । उक्त समय पनि उनको चर्चा पहिरनकै कारणले भएको हो ।

नायिकाले सार्वजनिक गरेका विभिन्न तस्वीरमा उनी विन्दास मुडमा देखिएकी छिन् । प्रियंका बसेको माल्दिभ्सको होटलले सार्वजनिक गरेको तस्वीरमा उनी हट अवतारमा देखिएकी छिन् ।

प्रियंकाको यसपटक पनि पहिरनकै चर्चा भएको छ । यसअघि उनी ब्याचलर पार्टी मनाउन थाइल्याण्ड पुग्दा होस् या विभिन्न कार्यक्रमका लागि विदेश पुग्दा नै किन नहोस्, उनको पहिरनको नै चर्चा भएको थियो । प्रियंका चर्चामा रमाउन चाहने नायिका हुन् । बिहेपछि उनको चर्चा सेलाएको थियो । उनै, नायिका फेरि एकपटक पहिरनका कारण लाइमलाइटमा छिन् ।

चलचित्र क्षेत्र गसिपमा रमाउँछ । गसिप बजारमा रमाउने कला केही कलाकारसँग मात्र हुन्छ । चलचित्रमा काम होस् या नहोस्, नायिका प्रियंका कार्कीलाई चर्चामा आउने उपाय राम्रैसँग थाहा छ । आलोचनाले घेरिए पनि यी नायिका त्यसलाई सहजै ग्रहण गरिदिन्छिन् ।

यसैले त उनलाई आलोचनाले फरक पार्न छाडिसकेको छ । बिहेलगत्तै लकडाउन भएका कारण नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज घरमै छन् । भैँसेपाटीको घरमा रहेका उनीहरूले युट्युब च्यानलमा खानाका विभिन्न परिकार पकाउन सिकाइरहेका छन् ।

उनै प्रियंकाले आयुष्मानसँगको एक तस्वीर पोस्ट गर्दै जिम बन्द भएपनि समस्या छैन भनेर लेखेकी छिन् ।

आयुष्मान र प्रियंका फिटनेसमा खुबै ख्याल गर्छन् । यसैले पनि जिम बन्द हुँदा धेरै कलाकारलाई समस्या परिरहेको छ । तर प्रियंकालाई भने कुनै फरक नपरेको उनले उल्लेख गरेकी छिन् ।


प्रतिक्रिया दिनुहोस