ताजा समाचार


नायिक शिल्पा पोखरेल र छबि ओझाबीचको विवाद नयाँ मोडमा (हेर्नुहोस् भिडियोमा)

नेप्लिज संवाददाता ६ बैशाख २०७८, सोमबार ०६:२६ (3 महिना अघि)    २१९ जनाले पढ़िसके

काठमाडौ । छबि ओझा र सिल्पा पोखरेलबीचको विवाद फेरि सतहमा आएको छ । अघिल्लो वर्ष नै अदालती प्रक्रियामा गएको यो विषय फेरि तातेको छ । यो अवधिमा चलचित्र निर्माता छबि ओझाको सबै सम्पत्ती रोक्का भएको छ । सिल्पा पोखरेलले सबै सम्पत्ती रोका गरिदिएपछि छबि ओझालाई अहिले बिहान बेलुकाको हातमुख जोर्नसमेत समस्या भइरहेको ओझाले बताउन थालेका छन् ।

नायीका शिल्पा पोखरेल र छवि ओझाकाबीचमा विचाराधिन मु द्दाका विषयमा टेलिभिजनमा कार्यक्रम निर्माण गर्दै आफ्ना ब्यक्तिगत चरित्रका कुराहरु उठाएको भन्दै नायीका शिल्पा टेलिभिजन कार्यालयमा पुगेकी छन् ।

एपीवान टेलिभिजनवाट प्रशारण हुने कार्यक्रम रजतपटमा प्रकाश सुवेदीले शिल्पाका बारेमा पुरै कार्यक्रम बनाएका छन् । उनी माथि नै केन्द्रित गरेर रजतपटमा कार्यक्रम निर्माण गर्दै शिल्पालाई अन्य कलाकारसंग नाम जोडेर चरित्रमा प्रश्न उठाएका थिए ।

उनले निकै पुरानो र डिलिट भइसकेको भिडियो सार्वजनिक गर्दै शिल्पाको बारेमा गलत प्रचार गरेको भन्दै शिल्पा एपीवाट टिभी पुगेकी छन् । शिल्पा विकास रौनियार र सम्झना रौनियारका साथमा एपिवान टेलिभिजन पुगेकी थिइन् ।

कार्यालयमा जाँदा उनलाई केही मिडियाकर्मीले प्रश्न सोध्ने कोशिष गरेका थिए । शिल्पाले केही पनि बेलिनन्, अदालतमा विचाराधिन विषयमा बोल्न नमिल्ने भन्दै शिल्पाले हेर्दै जानुस् भन्ने छोटो जवाफ दिएकी थिइन् ।

निकै आ क्रो शित देखिएकी शिल्पाले पर्ख र हेरको रुपमा आफु रहेको बताएकी छन् । चलचित्र कलाकारसंघका अध्यक्षले पनि प्रकाश सुवेदीले प्रशारण गरेको सामग्रीमा शिल्पालाई अन्याय हुने कुरा रहेको आफुले पनि पाएको बताए ।

चलचित्र कलाकार संघले अन्यायपूर्ण भाव प्रकट भएको भन्दै एपीवान टेलिभिजनका प्रमुख क्याप्टेन रामेश्वर थापासंग भेट गरेको बताए ।

उनले लोकपृय टेलिभिजनमा महिलालाई गिराउने गरी कार्यक्रम प्रशारण भएको भन्दै आफुहरुले गुनासो गरेको बताएका विभिन्न संचारमाध्यमले खबर लेखेका छन् ।

 


प्रतिक्रिया दिनुहोस