ताजा समाचार


नागर्जुनको जंगलमा लागेको आगो जमीनबाट निभाउन सकिएन, हेलिकोप्टरमार्फत पानी फालिदै

नेप्लिज संवाददाता २९ चैत्र २०७७, आईतवार १६:५४ (1 महिना अघि)    १४१ जनाले पढ़िसके

काठमाडौं । काठमाडौंको बुढानिलकण्ठ नगरपालिका १ को जंगलमा लागेको आगलागी नियन्त्रणबाहिर गएको छ । आगो जमीनबाट निभाउन समस्या भइरहेको छ । आगो नियन्त्रणबाहिर गएपछि सिम्रिक एयरको हेलिकप्टरबाट पानी फालेर निभाउने प्रयास गरिएको छ ।

सुन्दरीजलबाट पानी लिएर आगलागी निभाउने प्रयास भइरहेको भइरहेको नगर प्रमुख उद्धवप्रसाद खरेलले बताएका छन् ।

आइतबार बिहान करिब ११ बजे आगलागी सुरु भएको हो ।

आगो निभाउन तीन दमकलसहित प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र निकुञ्जकै कर्मचारी खटिएका छन् ।


प्रतिक्रिया दिनुहोस