ताजा समाचार


काठमाडौंमा कुखुराको मासुको मूल्य इतिहासकै उच्च, कति पुग्यो ?

नेप्लिज संवाददाता २९ चैत्र २०७७, आईतवार १५:५८ (1 महिना अघि)    २०७ जनाले पढ़िसके

काठमाडौं, २९ चैत । काठमाडौंमा कुखुराको मासुको मूल्य अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ । अहिले कुखुराको मासुको खुद्रा मूल्य किलोको ४१० रुपैयाँ पुगेको राष्ट्रिय कुखुरा बिक्रि व्यवसाइ संघले जनाएको छ ।

व्यवसायीहरुका अनुसार मागको तुलनामा उत्पादनमा कमी आएपछि मासुको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको हो । नयाँ मूल्य काठमाडौं उपत्यकामा ब्रोइलर मासुको बिक्री इतिहासकै धेरै भएको पुगेको हो ।

संघले तोकेको मूल्य ब्रोइलर कुखुराको मासु काठमाडौं उपत्यकामा बिक्री इतिहासकै सबै भन्दा धेरै हो । संघले ४१० रुपैयाँ तोकेको भएपनि खुद्रामा ४३० रुपैयाँ भन्दा धेरैमा मासु बिक्रि भइरहेको व्यवसायीहरुले बताएका छन् ।

मासुको खुद्रा बिक्रीकर्ताहरुका अनुसार मासुको बजार प्रति किलो मूल्य ४३० रुपैयाँ भन्दा धेरै छ । तयारी कुखुराको प्रतिकिलो मूल्य नै ३९० रुपैयाँ भन्दा धेरै होलसेलमा पर्ने गरेको काठमाडौं नागार्जुनका मासु व्यवसायी पूर्ण बहादुर श्रेष्ठले बताए ।

जिउँदो कुखुराको मूल्य पनि हालसम्मकै उच्च भएको राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले जनाएको छ । यस अघि किसानले प्रतिकिलो अधिकतम् २७० रुपैयाँ पाउने जिउँदो कुखुराको भाउ अहिले २९० रुपैयाँ पुगेको छ ।

कोरोना पछि सबै व्यवसाय र क्षेत्रहरु पूर्ण रुपमा सञ्चालनमा आउँदा मासुको माग उच्च भएको व्यवसायीहरुले बताएका छन् । देशभर दैनिक सरदर १० लाख किलो मासुको माग रहेकोमा कोभिड तथा अन्य कारणले उत्पादनमा ह्रास आएको नेपाल ब्रोइलर कुखुरा पालक किसान संघले जनाएको छ ।

काठमाडौं उपत्यकामा खुद्रामा ४५० रुपैयाँसम्ममा कुखुराको मासुको बिक्री हुँदा किसानले पाउने मूल्य भने किलोमा १६० रुपैयाँसम्म कम रहेको भन्दै नेपाल ब्रोइलर कुखुरा पालक किसान संघले भने आपत्ति जनाएको छ ।


प्रतिक्रिया दिनुहोस