ताजा समाचार


संसद अनिर्णयको बन्दी बनिरहेको छ, कांग्रेसको नेतृत्वमा चुनावी सरकार बनाउनुपर्छ – शेखर कोइराला

नेप्लिज संवाददाता २९ चैत्र २०७७, आईतवार १५:१४ (1 महिना अघि)    २२३ जनाले पढ़िसके

काठमाडाैं, २९ चैत । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले अहिलेको संसद अनिर्णयको बन्दी बनिरहेको बताएका छन् । उनले कांग्रेसको नेतृत्वमा चुनावी सरकार बनाउनुपर्नेसमेत बताए ।

गिरिजाप्रसाद कोइराला फाउन्डेसन कास्कीले पोखरामा गरेको विचार गोष्ठीलाई सम्बोधन गर्दै कोइरालाले प्रधानमन्त्री र सभामुख दुवैका कारण संसद अनिर्णयको बन्दी बनेको आरोप लगाए ।

फरक प्रसङ्गमा कोइरालाले आगामी महाधिवेशनमा सभापति बाहेक कुनै पदमा आफूले उम्मेद्वारी नदिने पनि बताए ।

कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्यहरू कमला पन्त, रत्ना शेरचन, गुरुराज घिमिरे र जीवन परियारले कांग्रेसको अहिलेको नेतृत्वले कार्यकर्ता माथि न्याय गर्न नसकेको र विधानअनुसार पार्टी चलाउन नसकेको आरोप लगाएका थिए ।

यस्तै उनले प्रधानमन्त्री केपी शर्मा ओलीका कारण देश बर्बादीतर्फ अघि बढेको बताएका छन् ।

वर्तमान सरकार निरंकुशता र आधिनायकवादतर्फ अघि बढ्दै गएकोमा चिन्ता व्यक्त गर्दै उनले प्रधानमन्त्री ओलीले आफूलाई केन्द्रमा राखेर देश चलाउँदा लोकतन्त्र नै धरापमा परेको बताए ।


प्रतिक्रिया दिनुहोस