ताजा समाचार


नेपालमा ह्वात्तै बढ्याे काेराेना : नाकामा कडाइ, काठमाडाैं सजिलै प्रवेश गर्न नपाउने

नेप्लिज संवाददाता २३ चैत्र २०७७, सोमबार १७:२० (1 हप्ता अघि)    ६१ जनाले पढ़िसके

काठमाडाैं, २३ चैत । नेपालमा पछिल्लो २४ घण्टामा नयाँ कोरोना भाइरस संक्रमितको संख्यामा ह्वात्तै बढेको छ । सोमबार एकै दिन २६६ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनासंख्या मन्त्रालयले जनाएको छ ।

सोमबार ४ हजार ५३६ जनाको पीसीआर परीक्षण गरिएकोमा २६६ जनामा संक्रमण पुष्टि भएको हो । थपिएका संक्रमितमध्ये सबैभन्दा बढी काठमाडौँमा ९८, चितवनमा ३७, लतिलपुरमा २६ र भक्तपुरमा १३ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कूल संक्रमितको संख्या २ लाख ७८ हजार २१० पुगेको छ । पछिल्लो २४ घण्टामा १०२ जना डिस्चार्ज भएसँगै हालसम्म नेपालमा २ लाख ७३ हजार ३ सय ४२ जना निको भएका छन् । नेपालमा निको हुने दर ९८.३ प्रतिशत रहेको बताइएको छ ।

हालसम्म नेपालमा १६७२ जना आइसोलेसनमा र ५७ जना क्वारेन्टिनमा रहेको मन्त्रालयले जनाएको छ ।

यस्तै अब काठमाडौं उपत्यका प्रवेश गर्ने एन्टिजेन परीक्षण गर्नुपर्ने भएको छ । काठमाडौं जिल्ला संकट व्यवस्थापन समितिको सोमबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

यो निर्णयसँगै अब काठमाडौं प्रवेश गर्नेमध्ये शंकास्पद व्यक्तिको एन्टिजेन परीक्षण अनिवार्य भएको हो । जिल्ला प्रशासन कार्यालय काठमाडौंले सम्बन्धित स्थानीय तहहरूलाई नाकाहरूमा हेल्थ डेस्क स्थापना गरेर शंकास्पद व्यक्तिहरूको एन्टिजेन परीक्षण गराउन निर्देशन दिएको छ ।

एन्टीजेन परीक्षण कहिलेबाट भन्नेबारे पनि सरकारी निर्देशन अस्पष्ट छ । स्थानीय तहको समन्वय र पहलकदमीको आधारमा सकेसम्म छिटो हुने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

समितिले सबै स्थानीय तहहरूलाई क्वारेन्टिन र आइसोलेसन सेन्टर व्यवस्थापन गर्न पनि निर्देशन दिइएको छ ।

 

 


प्रतिक्रिया दिनुहोस