ताजा समाचार


आज सार्वजनिक बिदा

नेप्लिज संवाददाता २३ चैत्र २०७७, सोमबार ०७:१४ (1 हप्ता अघि)    ३६ जनाले पढ़िसके

कन्चनपुर । राना थारू समुदायको होली पछिको महत्वपूर्ण पर्व खखडेहराका लागि सुदूरपश्चिम प्रदेशमा सोमबार सार्वजनिक बिदा दिइएको छ ।

सुदूरपश्चिम प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयका प्रवक्ता मोहनराज जोशीका अनुसार प्रदेश सरकारको निर्णयअनुसार खखडेहरा पर्वका लागि सार्वजनिक बिदा दिने निर्णय गरिएको हो ।

कैलाली र कञ्चनपुरमा बसोबास गर्ने राना थारू समुदायले खखडेहरा पर्व धुमधामसँग मनाउने गरेका छन् ।


प्रतिक्रिया दिनुहोस