ताजा समाचार


अब एसिड किन्न गृहमन्त्रालयको अनुमति लिनुपर्ने

नेप्लिज संवाददाता २३ चैत्र २०७७, सोमबार ०६:४० (1 हप्ता अघि)    ५९ जनाले पढ़िसके

काठमाडौं । एसिड आक्रमणका घटना बढ्दै गएपछि सरकारले एसिडको खरिदबिक्रीमा कडाइ गरेको छ । जसअनुसार अब कुनै पनि उद्योग व्यवसायीले गृह मन्त्रालयबाट अनुमति लिएर मात्रै एसिड खरिद गर्न सक्ने कानुनी प्रावधान बनाइको छ ।

गृह मन्त्रालयले आइतबार सार्वजनिक सूचना जारी गरी यसबारे जानकारी गराएको हो । गृहद्वारा जारी सूचनाअनुसार कानुनबमोजिम दर्ता भएको वा इजाजत प्राप्त गरेको कुनै उद्योगलाई औद्योगिक प्रयोजनका लागि एसिड वा अन्य घातक रासायनिक पदार्थ आवश्यक पर्ने भएमा मन्त्रालयमा विधिपूर्वक निवदेन दिनुपर्नेछ ।

यसअघि जोकोही व्यक्तिले सहजै एसिड खरिद वा बिक्री गर्न पाउँथे अब भने त्यसरी जथाभावी खरिद गर्न पाउने छैनन् । यसअघि एसिड बिक्रीको खुकुलो प्रावधान हुँदा यसको सहज बिक्री हुने र महिलामाथि एसिड आक्रमणका घटना बढ्ने गरेको थियो । त्यसरी, आक्रमणका घटना घटेर महिला पीडित हुन थालेपछि सरकारले गत १२ असोजमा एसिड तथा घातक रसायनिक पदार्थ नियन्त्रणसम्बन्धी अध्यादेश जारी गरेको थियो ।

सो अध्यादेशलाई कार्यान्वयन गर्नेगरी गृह मन्त्रालयले एक साताअगाडि नियमावली जारी गरेको छ । १६ चैतमा राजपत्रमा प्रकाशित भएको नियामावलीले एसिड खरिदबिक्रीलाई कडाइ गरेका हो । राजधानी दैनिकबाट ।


प्रतिक्रिया दिनुहोस