ताजा समाचार


तिमिले मायाँ मारेपछि (भिडिओसहित)

नेप्लिज संवाददाता २२ चैत्र २०७७, आईतवार १८:५० (1 हप्ता अघि)    ५२ जनाले पढ़िसके

काठमाडौं, २२ चैत । तिमिले माया मारेपछि… प्रेम कहानी भाग २ एल्बमको गीतको म्युजिक भिडियो रिलिज गरिएको छ ।

हास्य अभिनेता तथा लेखन निर्देशक घनश्याम गौतमको शब्द तथा निर्देशन रहेको भिडियोमा निम संगितको कम्पोज, गोपाल रसाईलीको एरेन्ज तथा गगन सरगमको स्वर रहेको छ ।

क्यामरामा नवराज खड्का तथा खेम थापा मगर रहेका छन् भने मोडल कलाकारहरुमा बिराज खड्का, स्मारिका खनाल, मनकुमार बि क पशुपती दँगाल तथा दिपेश लाखे ले अभिनय गरेका छन् ।

त्यस्तै श्रृँगारमा नरेश राज खरेल प्रोडक्सन कन्ट्रोलरमा सानू घायल, निर्माता सुरेश अछामी रहेका छन् ।

उक्त म्युजिक भिडियोको सुटिङ भक्तपुरको डोलेश्वर भिलेज रिसोर्टमा गरिएको थियो । भिडियो नेपाल दर्पण युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।


प्रतिक्रिया दिनुहोस