ताजा समाचार


भारतबाट फर्केका नेपालीमा नयाँ प्रकारको कोरोना संक्रमण पुष्टि, देशभर फैलने विज्ञको चिन्ता

नेप्लिज संवाददाता २१ चैत्र २०७७, शनिबार १९:५४ (1 हप्ता अघि)    ६९ जनाले पढ़िसके

काठमाडौं, २१ चैत । भारतबाट फर्केका कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ का एक पुरुषमा नयाँ प्रकारको ९भेरियन्ट० कोरोनाको सङ्क्रमण भएको पुष्टि भएको छ ।

दुई साताअघि भारतको कर्नाटकबाट फर्केका व्यक्तिमा नयाँ प्रकारको कोरोनाको सङ्क्रमण भएको पाइएको स्वास्थ्य कार्यालय कञ्चनपुरका कोभिड पर्सन सिद्धराज भट्टले बताए ।

‘शुक्रबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणको नतिजा आएको छ’, उनले भने, ंनतिजामा कृष्णपुरका एक जनामा नयाँ प्रकारको कोरोना सङ्क्रमण देखिएको छ ।’ भेरियन्ट कोरोनको सङ्क्रमण भएका व्यक्ति घरमै आइसोलेशनमा बसेका छन् ।

उनको स्वास्थ्य अवस्था सामान्य छ । भारतको कर्नाटकबाट फर्केका उनी पश्चिमी सीमानाका गड्डाचौकी हुँदै भित्रिएका थिए ।

यसैगरी सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयका अनुसार हालसम्म कञ्चनपुरका एकसहित डोटीको जोरायल गाउँपालिकाका एक र डडेल्धुराको पर्शुराम नगरपालिकाका एक जना गरी तीन जनामा भेरियन्ट कोरोनाको पुष्टि भएको छ ।

भेरियन्ट कोरोना भएका सबै जना घरमै आइसोलेशनमा बसेका छन् । नयाँ प्रकारको कोरोना संक्रमण पुष्टि भउसँगै नेपालमा पनि देशभरको अवस्था भयावह हुन सक्ने विज्ञहरुले चिन्ता व्यक्त गरेका छन् ।


प्रतिक्रिया दिनुहोस