ताजा समाचार


संसद भवन बाहिर प्रहरी अधिकृतमाथि छुरा हानियो, प्रहरीसहित २ जनाको ज्यान गयो

नेप्लिज संवाददाता २१ चैत्र २०७७, शनिबार १८:०४ (1 हप्ता अघि)    ६१ जनाले पढ़िसके

काठमाडौं । अमेरिकी संसद क्यापिटल हिल परिसरमा सुरक्षार्थ खटिएका एक प्रहरी अधिकारीमाथि संदिग्ध व्यक्तिले छुराले हानेर ज्यान लिएका छन् ।

सुरक्षाकर्मी रहेको स्थानमा कार दौडाएर हमला गरेका ती व्यक्तिको कार वासिङ्टन कम्प्लेक्सको सुरक्षा अवरोधमा गएर ठोक्किएको थियो ।

आक्रमणकारी व्यक्ति कारबाट बाहिर निस्केर प्रहरीमाथि अन्धाधुन्ध छु रा प्र हार गरेका थिए । जसबाट एक प्रहरी अधिकारीसहित २ जनाको ज्यान गएको हो

अमेरिकी संसद कङ्ग्रेसमा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकले आक्रमण गरेको तीन महिना पुग्नैलाग्दा यस्तो घटना भएको हो ।

क्यापिटल प्रहरीका कार्यवाहक प्रमुख योगानन्द पिटम्यानले आक्रमणकारी व्यक्तिको प्रहरी कारबाहीमा ज्यान गएको जानकारी दिए।

इस्टरको विदा मनाउन पत्नी जिल बाइडेनका साथ क्याम्प डेभिडमा रहेका राष्ट्रपति जो बाइडेनले प्रहरी अधिकारी विलियम इभान्सका परिवारजनप्रति गहिरो सहानुभूति प्रकट गरे ।

अमेरिकी संचार माध्यमहरुले आक्र मण कारी व्यक्ति एक २५ वर्षीय अश्वेत नोहा ग्रीन रहेको बताएका छन् । उनी अश्वेत राष्ट्रवादी नामको नेसन अफ इस्लाम आन्दोलनसँग आबद्ध रहेको पनि संचार माध्यमहरुले बताएका छन् ।


प्रतिक्रिया दिनुहोस