ताजा समाचार


यस्तो छ शनिवारको कोरोना अपडेट

नेप्लिज संवाददाता २१ चैत्र २०७७, शनिबार १६:५० (1 हप्ता अघि)    ५६ जनाले पढ़िसके

काठमाडौं । नेपालमा शनिबार थप १२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७७ हजार ७६८ पुगेको छ ।

त्यस्तै कोरोनाका कारण थप १ जनाको ज्यान गएकाे छ भने नेपालमा हालसम्म तीन हजार ३२ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

त्यस्तै थप १६१ जना संक्रमित निको भएका छन् भने हालसम्म दुई लाख ७३ हजार १२३ जनाले कोरोना संक्रमणलाई जितेका छन् ।

नेपालमा हाल १६१३ जना आइशोलेशन र ५९ जना क्वारेन्टाइनमा छन् । त्यस्तै हालसम्म २२ लाख ८१ हजार ८३२ वटा पिसिआर गरिएको मन्त्रालयले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस