ताजा समाचार


अभिनेत्री आलिया भट्टलाई कोरोना संक्रमण, कस्तो छ अवस्था ?

नेप्लिज संवाददाता २० चैत्र २०७७, शुक्रबार १८:०१ (1 हप्ता अघि)    ५३ जनाले पढ़िसके

काठमाडौं । अभिनेत्री आलिया भट्टलाई कोरोना भाइरसको संक्रमण पुष्टि गएको छ भट्टले इन्स्टाग्राममार्फत आफूलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएकी हुन् । हाल उनी होम क्वारिन्टिनमा रहेकी छिन् ।

यसअघि अभिनेता रणबीर कपूर पनि कोरोना संक्रमित भएका थिए । यी दुई अहिले प्रेमसम्बन्धमा छन् ।

कोरोना नेगेटिभको रिपोर्ट आएसँगै रणबीर काममा फर्किसकेका छन् । बिहीबार मात्रै रणबीर र आलिया डबिंङको क्रममा भेटेका थिए ।

यी रियल जोडी चलचित्र ‘ब्रह्माश्त्र’ मार्फत पहिलोपटक स्क्रिन सेयर गरिरहेका छन् । नवभारत टाइम्सबाट ।


प्रतिक्रिया दिनुहोस