नाइजेरिया । नाइजेरियाली सेनाको ‘अल्फा जेट’ विमानको ‘राडर’सँग सम्पर्क विच्छेद भएको त्यहाँको वायुसेनाले बिहीबार पुष्टि गरेको छ ।
उक्त विमान स्थानीय समय अनुसार साँझ ५ बजेर ८ मिनेट जाँदा राडरसँगको सम्पर्कभन्दा बाहिर गएको नाइजेरियाली वायुसेनाका प्रवक्ता एडवर्ड गाब्वेटले पुष्टि गरेका छन् ।
विमान नाइजेरियाको उत्तरपूर्वी राज्य बोर्नोबाट सम्पर्कबाहिर पुगेको उहाँले बताए । समाचार तयार पार्दासम्म विमानमा कति यात्रु रहेका थिए भन्नेबारे जानकारी प्राप्त भइसकेको छैन ।
विमान एक्कासी सम्पर्कबाहिर गएकोले कतिपय नाइजेरियाली सञ्चारमाध्यमले विमान दुर्घट नाग्रस्त भएको आशङ्का व्यक्त गरेका छन् ।
विमान रहेको ठाँउ वा सम्पर्क गुमेको सम्भावनाको कारण अझै पत्ता लगाइ नसकिएको बताउँदै यसबारे थप सूचना आउँदासाथ जानकारी गराइने प्रवक्ता गाब्वेटले बताए ।
विमानले उत्तरपूर्वमा चलिरहेको विद्रो ह निय न्त्रणका लागि खटिएको सैनिक समूहको बन्दोवस्तीका सामान लिएर गएको उनले बताए । उनले विमानको खोज र उद्धार प्रयास जारी रहेको बताए ।