ताजा समाचार


३७ बर्षपछि नेपालले अन्तराष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि जित्यो, बधाई नेपाली टिमलाई

नेप्लिज संवाददाता १६ चैत्र २०७७, सोमबार १९:५४ (2 हप्ता अघि)    १०६ जनाले पढ़िसके

काठमाडौं । नेपालले थ्री नेसन्स कप अन्तराष्ट्रिय फुटबलको उपाधि जितेको छ । नेपाली फुटबल टिमले ३७ बर्षपछि घरेलु मैदानमा अन्तराष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि जितेको हो ।

सोमबार भएको फाइनलमा बंगलादेशलाई २–१ गोलले पराजित गर्दै नेपालले उपाधि जितेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपाललाई जित दिलाउन संजोक राई र विशाल राई ुबीु ले एक एक गोल गरे । बंगलादेशका महबुबुर रहमानले एक गोल फर्काए ।

यस अघि नेपालले सन् १९८४ को सागमा घरेलु मैदानमा उपाधि जितेको थियो ।

उपाधिसँगै नेपालले ५ हजार अमेरिकी डलर प्राप्त गरेको छ । उपविजेता बनेको बंगलादेशले ३ हजार डलर प्राप्त गरेको छ । दशरथ रंगशालामा भएको खेलमा नेपालको जितमा सञ्जोक राई र विशाल राईले एक एक गोल गरे ।

प्रधानमन्त्री केपी शर्मा ओली प्रमुख अथिती रहेको खेलको सुरुवात देखि नै नेपालले दबाव दिएको थियो । जारी प्रतियोगितामा एक गोल पनि नगरेर फाइनलमा पुगेको भन्दै आलोचना खेपेको नेपालले फाइनलमा भने उत्कृष्ट खेल्यो ।

खेलको १२ औं मिनेटमा सुनील बलको पासमा त्रिदेब गुरुङले राम्रोसँग कनेन्ट गर्न सकेनन् । १७ औं मिनेटमा सुनील बलको पासमा अनन्त तामाङको हेडरलाई बंगलादेशका गोलकिपर अनिसुर रहमानले बचाए ।

१८ औं मिनेटमा सञ्जोग राईले गोल गर्दै टिमलाई अग्रता दिलाए । उनले राष्ट्रिय टिमबाट दोस्रो खेलमा नै गोल गर्न सफल भए । उनको यो डेब्यु गोलपनि हो । यसका साथै नेपालले लगातार नौ खेलसम्म गोलको खडेरीलाई पनि तोडेको छ ।

फाेटाे नेप्लेजबाट ।


प्रतिक्रिया दिनुहोस