ताजा समाचार


प्रियंका चोपडाले थालिन् नयाँ व्यवसाय

नेप्लिज संवाददाता १५ चैत्र २०७७, आईतवार १९:१३ (2 हप्ता अघि)    ६० जनाले पढ़िसके

काठमाडौँ । नायिका प्रियंका चोपडाले अमेरिकामा नयाँ व्यवसाय थालेकी छिन् । उनले रेष्टुरेन्ट सञ्‍चालनमा ल्याएकी छन् । आइतबारदेखि उनको रेष्टुरेन्ट सुरु भएकाे हाे ।अमेरिकामा रहेका भारतीय समूदायलाई लक्षित गरी प्रियंकाले ‘सोना’ नामको रेष्टुरेन्ट सञ्‍चालनमा ल्याएकी हुन् ।

रेष्टुरेन्टको नाम उनका श्रीमान जोनासले जुराएका हुन् ।

अमेरिकाको न्युयोर्क शहरमा रहेको रेष्टुरेन्टमा भारतीय स्वाद खुवाउने मुख्य उद्धेश्य रहेको प्रियंकाले इन्स्टाग्राममा लेखेकी छन् । प्रियंकाको रेष्टुरेन्टमा खासगरी दक्षिण एसियाली स्वाद र परिकार पाइनेछ ।

अमेरिकी गायक निक जोनाससँग विवाह गरेकी प्रियंकाले हलिउड फिल्म समेत खेलेकी छन् । फिल्मसँगै व्यवसायमा समेत सक्रिय रहेकी प्रियंका बेला बेला चर्चामा आइरहने नायिका हुन् । ईकागजबाट ।


प्रतिक्रिया दिनुहोस