ताजा समाचार


राजकुमार ह्यारीले जागिर सुरु गरे, तलब कति ?

नेप्लिज संवाददाता ११ चैत्र २०७७, बुधबार १६:३९ (3 हप्ता अघि)    १०६ जनाले पढ़िसके

काठमाडाैं ।  ब्रिटेनका ‘ड्यूक अफ ससिक्स’ राजकुमार ह्यारीले जागिर सुरु गरेका छन् । प्रविधिको राजधानी मानिने सिलिकन भ्यालीको ‘स्टार्टअप बेटरअप’मा जागिर सुरु गरेका हुन् ।

स्टार्टअप बेटरअपले सेवाग्राहीलाई मानसिक स्वास्थ्यसम्बन्धी प्रशिक्षण दिने काम गर्छ।

‘चिफ इन्प्याक्ट’ अफिसरका रुपमा उनले जागिर सुरु गरेका अन्तराष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।

यद्यपि उनले कम्पनीमा कति तलब लिने भन्ने खुलेको छैन। कम्पनी र ह्यारीका प्रवक्ताले समेत उनले जागिर सुरु गरेकाे पुष्टि गरेका छन्।


प्रतिक्रिया दिनुहोस